सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्याले कोरोना भाइरस (कोभिड–१९) लाई जितेका छन् । १४ जुलाईमा कोरोना पु्ष्टि भएका ऐश्वर्या राय र उनकी छोरी कोरोनालाई जितेर आज नानावती अस्पतालबाट घर फर्केका हुन् ।
पति अभिषेक बच्चनले ट्वीट गर्दे यो कुराको जानकारी दिएका हुन् कि ऐश्वर्या र आराध्यालाई अस्पतालबाट डिस्चार्ज गरीएको छ । अभिषेकले अफनो ट्वीटमा लेखेका छन्त, ‘पाईहरुको निरन्तरको प्रार्थना र शुभकामनाको लागी सबै धन्यवाद । तपाईहरु प्रति सधै आभारी रहनेछु । ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरीएको छ । अहिले उनीहरु घरमा छन् । म र मेरो पिता अहिले पनि डाक्टर्सको निगरानीमा छै ।’
Thank you all for your continued prayers and good wishes. Indebted forever. 🙏🏽
Aishwarya and Aaradhya have thankfully tested negative and have been discharged from the hospital. They will now be at home. My father and I remain in hospital under the care of the medical staff.— Abhishek Bachchan (@juniorbachchan) July 27, 2020
अमिताभ बच्चनले १२ जुलाईमा ट्वीट गर्दे कोरोनाको जानकारी दिएका थिए कि उनीहरु पोजेटिभ छन् र उपचारको लागी नानावती अस्पताल गईरहेका छन् । यसको केही समय पछि अभिषेक बच्चनको रिपोर्ट पनि पोजेटिभ आएको थियो । अगिल्लो दिन ऐश्वर्या, आराध्या र जया बच्चनको पहिलो रिपोर्ट नेगेटिभ आएको थियो तर दोस्रो दिनको मुख्य रिपोर्टमा भने ऐश्वर्या र आराध्याको कोरोना पोजेटिभ देखिएको थियो , भने जया बच्चनको रिपोर्ट गेटिभ आएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा