सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । ७० करोड घुस काण्डमा मुछिएपछि राजिनामा दिएर बसेका पुर्व सुचना तथा सञ्चार प्रविधि मन्त्रि गोकुल बाँस्कोटाले नेकपाको स्थायी कमिटि सदस्य जनार्दन शर्मा (प्रभाकर) लाई दलाल बनाइएको बताएका छन् ।
बाँस्कोटाले प्रचण्डलाई लक्षित गरी कर्कलाको पातको पानी जस्तो पार्टी एकताबाट तर्कन खोजेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत डुङगा पाइले चरित्र देखाएर समय कटाउन खोजे भन्दै कटाक्ष गरेका छन् ।
बाँस्कोटाले प्रचण्ड एकताबद्ध हुन नचाहेको बताउदै एकता प्रक्रिया पनि भाडेको आरोप लगाए । उनले नेतृत्व छनोट अब महाधिवेशनबाटै हुने तर्क राख्दै महाधिवेशन हुदैन भन्ने रोइलो काम नभएको तर्क गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् , ‘ कर्कलाकाे पातकाे पानी जस्ताे तर्कने,डुङगा पाईले चरित्र देखाउने प्रवृत्तिमा रमेर समय कटाउने,एकताबद्द पनि नहुने,हुन पनि नदिने,महाधिवेशन पनि हुदैन भन्ने राेईलाे अब काम छैन।हुँदा हुँदा जनार्दन शर्मा पनि कम्प्राडर(दलाल) बनाईएछन।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा