सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा । वाग्मती प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । बजेट अधिवेशनसमेत भनिने छैटौँ (वर्षे) अधिवेशनको आज राति १२ बजेदेखि अन्त्य हुने भएको हो ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आज रातिदेखि वर्षे अधिवेशन अन्त्यगर्ने निर्णय गरेको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने व्यवस्थाअनुरुप अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष सिफारिस गरिएको सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा