सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । ईशनाथ नगरपालिका वडा नं.४ महुलिया लतमरी मठियामा ७१ लाख लागतमा बनेको ढलान बाटो एक महिना नबित्दै भत्किएको छ ।
प्रदेशसभा सदस्य नागेन्द्र सिंहाको संसदीय विकास क्षेत्र कार्यक्रमको बजेटले २०७६ सालको असार महिनामै गरेको सो बाटो ढलान भत्केको हो । स्थानीयबासीका अनुसार प्रदेश सांसद सिंहाले असारको अन्तिम समयमा आएर बजेट सकाउन हतार हतारमा स्थानीय रामएकबालको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी आवश्यक नभएको ठाउँमा पनि ७१ लाख १२ हजारको लागतमा बाटो ढलान गरेका थिए ।
सो बाटो ढलान गरिरहेकै बेला गत वर्ष समेत बर्षातका कारण जैनगरमा ढलेको थियो । एकातिर बनाउँदै जाँदा अर्कोतिर भत्कीरहेको थियो र फेरी मर्मत गरियो । तर फेरी बनाएको एक महिना नवित्दै पुनः ठाउँ ठाउँमा उक्त ढलान भत्किने र चर्कने भएको छ ।
स्थानीय किसोरी साहले बजेट सकाउन मात्र यहाँ बाटो ढलान गरेको बताए । उहाँले बाटो ढलानको काम नभएको तर हाललाई नालाको अति आवश्यक रहेको बताए ।
सोही वडाका वडाध्यक्ष ईद महम्मदले भन्छन्,‘ रोड ढलान गर्ने समयमा आफुसँग कुनै सरसल्लाह गरिएन, आफुले रोक्न खोज्दा पनि सांसद सिंहाले कुरा सुनेन् । हतार हतारमा ७१ लाख रुपैयाँ कहाँ खर्च गर्ने र ठाउँ नपाएपछि यहाँ ढलान गरदिए । जबकी त्याँ नालाको अति आवश्यकता थियो ।’
स्थानीयले जबरजस्तीको असारे विकासको परिणाम र संसदीय विकास क्षेत्र कार्यक्रमको बजेटको दुरुपयोग बढ्दै गएको बताए । बाटो ढलान गर्दा पुरै गुणस्तरहिन काम गरेको उनीहरुको आरोप छ । उनीहरुले ढलानमा प्रयोग हुने माल मात्र अनुसार नभएकोले ढलान गुणस्तर नभएको दाबी छ ।
प्रदेशसभा सदस्य सिंहाले आफ्नै गाउँका जनतालाई समेत विकास निर्माणको कार्यमा ठग्दै विना मतलवको कार्यहरुमा कमिशनको चक्करमा बजेट दुरुपयोग गरिरहेको सर्वसाधारणको आरोप लगाउदै आएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा