सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । चौतर्फि आलोचना भएपछि भारतीय जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालसम्बन्धी गरेको आपत्ति जनक ट्वीट हटाएका छन् ।
जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरेपछि बिहीबार नेपालका केबल अपरेटरहरूले दुरदर्शन बाहेक भारतीय समाचार च्यानलहरू बन्द गरेका थिए । भारतीय समाचार च्यानलहरू बन्द गरेपछि जी न्युजका प्रधान सम्पादक चौधरीले नेपालीहरू भारतीय समाचारवाचकहरूसँग नै डराएको र सेनाको त आवश्यकता नै नपरेको भन्दै ट्वीट गरेका थिए । चौधरीको यो ट्वीटलाई नेपालीलगाएत भारतीयहरूले पनि विरोध गरेपछि उनले ट्वीट डिलिट गरेका छन् ।
‘मेरो यो ट्वीटले नेपालमा रहेका हाम्रा दर्शक आहत भएका छन्। यहाँ भारतमै पनि धेरैजसो मान्छेहरूले यो विचार ठिक नभएको भनेर लेखेका छन्। हुन सक्छ की मैले समाचारहरू आएपछि आवेशमा आएर प्रतिकृया दिएँ होला। यो मञ्च अभिव्यक्तिको लागि हो, आहत हुन होइन। त्यसैले खेद जनाउँदै मैले यो ट्वीट हटाएको छु,’ उनले ट्वीटरमा लेखेका छन्।
मेरे इस ट्वीट से नेपाल के हमारे दर्शक आहत हुए हैं।यहाँ भारत में भी बहुत से लोगों ने मुझे लिखा कि ये विचार सही नहीं है।सम्भव है कि मैंने ये खबर आने के बाद आवेश में अनावश्यक प्रतिक्रिया कर दी हो।ये मंच अभिव्यक्ति का है,आहत करने का नहीं।इसलिए खेद जताते हुए इस ट्वीट को हटा रहा हूँ।🙏 https://t.co/mqTL652uOe
— Sudhir Chaudhary (@sudhirchaudhary) July 10, 2020
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा