सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण नेपालमा बन्द गरेको हो ।
भारतीय न्युज च्यानलले पछिल्लो समय नियोजित रुपमा नेपालविरुद्ध मनगढन्ते समाचार प्रसारण गर्दै आएका छन् ।भारतीय न्युज च्यानलले केही दिन यता प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीबारे राजनीतिक र कुटनीतिक मानमर्दन हुने गरी समाचार प्रसारण गरिरहेका छन् ।
बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकिएको छ ।
मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले पनि वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको बताए ।
नेपालमा २०७२ सालमा गएको महाभूकम्पको समयमा भारतले नेपालमाथि नाकाबन्दी गरेको बेला पनि नेपालमा भारतीय टेलिभिजनहरू बन्द गरिएको थियो ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा