सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पछिल्लो अबस्थामा नेपाल बाट करिब ४६.५% युवाहरु खाडिमुलुकमा रोजगारीको सिलसिलामा गएका छन्। जहाँ ४०-४५ डिग्री तापक्रममा, ज्यानको बाजि थापेर आफ्नो र परिवारको भोको पेट पाल्न स्वदेश मै केही नभए पछि बिदेश चलायन हुन बाध्य रहेका छन् । ती युवाहरुले पठाएको रेमिटेन्सले गर्दा ७०% ले देश चलेको छ। ती युवाहरू स्वदेश आउँदा खोइ राज्यले रोजगारी तथा उधमीको व्यबस्था गरेको ? यदि राज्यले गर्न सक्दैन भने किन रेमिटेन्स बाट गरिब जनताको पैसा लिनु के का लागि नेता, कार्यकर्ता पाल्न को लागि हो कि देश बिकास निर्माण युवा उधमी , रोजगारीको लागि हो ?
विश्वका सयौं धनि व्यक्तिहरु कहिल्यै रोजगारीको सिलसिलामा भौतारिएको पाईदैन, किन भने रोजगार केवल आफ्नो पेट लाई मात्र धान्न सकिन्छ अनि मुस्किल मुस्किल गरी परिवारको त्यही माथी नेपाल जस्तो गरिब देश मा न्युनतम तलब बाट मानिसका आधारभुत आवश्यकताहरु पूरा गर्न सकिरहेका छैनन् त्यहीँ भएर आर्थिक हिनामिना, भस्ट्रचार गर्न खोज्छन् आफ्ना दैनिक आवस्यकता पूरा गर्नको लागि।
विश्वका धनी व्यक्तिहरु कोहि पनि रोजगारी भएर धनी भएका होईन्, उधमशिलता बाट धनी भएका हुन् जस्तै माइक्रोसफ्टका मालिक बिलगेट्स, जेफ बेजोस, बेनार्ड , वारेन, ल्यारी, जुकभर, एलन मक्स जस्ता व्यक्ति हरु लाई राम्रो संग थाहा थियो हामी रोजगारको लागि भौतारिनु हुन्न उधमशिलता कसरी बन्ने तिर प्राथमिकता दिनु पर्छ भन्ने उनी हरुको मानसिक रुपमा बिकास भएको थियो हामी उधमी बन्न खोज्दा दुख हुन्छ मान्छेले नराम्रो सोच्छ जस्ता नकारात्मक कुरा लाई मनमनै खेलाउन्छौ।
तपाई रोजगारी बन्नु भयो भने केवल तपाईले मात्र जागिर पाउनुहुन्छ अनि शिक्षित बन्न सक्नु हुन्छ त्यही माथी (न्युन तलबमा उदाहरणको लागि ३०,०००) तर तपाई उधमशिलता गर्दै हुनुहुन्छ छ भने आय श्रोत पनि धेरै हुन्छ साथै २-४ जना अरु बिरोजगारी युवाहरु तथा आफन्तहरु लाई पनि रोजगार दिन सकिन्छ। रोजगारी हुँदा तपाईहरुको कसैको under मा बसेर काम गर्नु पर्छ कति तनाव, गाली, जस्ता कुरा लाई सहनुको पीडा कस्तो होला के गर्नु नेपालमा त्यही जागिर नपाएर लाखौं युवाहरु खाडिमुलुकमा जानू पर्ने बाध्य छ। तपाई उधमशिलता गर्नु भयो भने मालिक भएर स्वतन्त्र रुपमा काम गर्न पाउदाको आनन्द कस्तो होला एक छिन सोच्नुत; “अब युवा उधमी बन्नु छ रोजगारी होईन”
सरकारले “एक घर, एक युवा, एक उधमी” कार्यक्रम ल्याएर स्थानीय तह देखि केन्द्र सम्म गर्न जरुरी छ। राज्यले एक घरमा एक रोजगारी दियो भने एक घर परिवारमा न्युनतम ४ जना सदस्य हुन्छन् त्यस मध्य एक जना ले मात्र रोजगारी हुन्छन् भने अरु त्यहीँ रोजगारीको भर पर्नु पर्छ यसरी धेरैको आफ्नो आधारभुत आवस्यकता पूरा नहुदा आत्महत्या, डिप्रेशन समेत गर्न बाध्य हुन्छन्। राज्यले रहेक घरमा एक युवा लाई मात्र उधमी बनाउन सक्यो भने त्यो युवाले पछि अन्य परिवार सदस्यहरु लाई समेत रोजगार दिन सक्छ यसरी गर्दा कोहि पनि बिरोजगारी बस्नु पर्ने छैन।
राज्यले कसरी युवाहरु लाई उधमी गर्न सक्छ त?
हो यो चुनौतीको कुरा हो तर अबस्य लाखौं युवाहरु लाई उधमी गर्न सकिन्छ न्युनतम रकममा। हामी सबै लाई थाहा नेपाल कृषि प्रदान देश हो तर आफुले उत्पादन गरेको ३ महिनाको लागि पनि खाना प्राप्त हुदैन हजारौं जनताहरु भोग मरि बाट अन्कालमै ज्यान गुमाईरहेका छन् भने प्रत्येक दिन भारत बाट अर्बौं खाद्यपर्दाथ किन रहेका छौँ यो अबस्था लाई कसरी कृषि प्रदान देश ? कृषि प्रदान देश भन्नले आफुले उत्पादन गरेको प्राप्त मात्रमा पुगि अनि खर्बौ ट्न बिदेशमा निर्यात गरि अरबौ रकम स्वदेशमा भित्राई बिकास निर्माण मा लगानी गर्न पर्दछु अनि देश समृद्धि हुन्छ सक्छ।
हरेक स्थानीय तहले आफ्नो नागरिकको Data संकलन गरि कुन युवा संग कस्तो क्षमता छ कसैलाई कृषिमा होला, स्वस्थ्यमा होला, ब्यापारी, उद्योगमा इत्यादि बुझेर त्यही अनुसारको अगाडि बढ्नु पर्दछ।
कृषिको लागि राज्यले नै बिउ, आधुनिकरण कृषि औजार (ग्रुपमा) केही अनुदान दिने हो भने युवाहरु आफै उधमी हुन सक्छन। यसरी गर्दा राज्यको अर्थतन्त्र बलियो समेत कर पनि धेरै उठ्न जान्छ राज्य लाई नै फाईदाजनक हो।
जस्तै कसैले माछा पालन गर्छ भने माछाका हरु दिने, लालु खेती गर्न चाहान्छ भने लालु बीउ दिने, व्यापार गर्न खोज्दै छ भने अनुदान को व्यवस्था गरि नेपाली उत्पादन गरेका कपडा हरु बिदेश बजार समेत निर्यात हुने गरि, यसरी नै युवा लाई स्वदेश मै उधमी गर्न सकिन्छ।
हजारौं युवा लाई उधमी बनाउन कसरी आर्थिक व्यवस्थापन गर्न सकिन्छ?
अहिले स्थानीय तहमा लाखौं भस्ट्रचार भईरहेको छ दिन प्रतिदिन आर्थिक हिनामिना हुँदा स्थानीय तहको बजेट नै सकिन्छ बिकास निर्माण मा भन्दा पनि। उदाहरणको लागि; कालिकोट जिल्लामा करिव ३९,००० गर दुरि रहेका छ ” एक घर, एक युवा, एक उधमी” कालिकोटमा ३९,००० युवा लाई उधमी बनाउनु पर्यो।
१०,००० युवाहरु ले लालु खेती मात्र गर्न चाहे प्रत्येक युवा लाई १,००० केजि आलु बीउ आवश्यक पर्यो भने १०,०००*१,०००= १ करोड केजि बिउ चाहिने भयो बीउ खरिद गर्दा राज्यले प्रति केजि रु. २० गर्दा २० करोडले १०,००० युवा उधमी हुने भए। २० करोड बिउले कम्तिमा १ अर्ब केजि आलु फल्यो भने २० अर्ब आम्दानी हुने रहेछ आलु फेरि बर्षमा तीन पटक हुन्छ। के युवा उधमीहरु ले अर्वौ आम्दानी गर्न थाले पछि राज्यले सहयोग गरेको अनुदानको १० गुणा बढि दिन नसक्लान त ? किन राज्य युवाहरु लाई बिरोजगारी मा राख्दै छ अनि आफू चाहिँ खर्बौ भस्ट्रचार गर्ने?
१०,००० युवा उधमी गर्न २० करोड खर्च हुन्छ भने ३९,००० युवा लाई उधमी बनाउन ८० करोड +२० करोड आधुनिक कृषि औजार उपलब्ध गराउदा १ अर्बमा एक जिल्लामा “एक घर, एक युवा, एक उधमी” सम्पन्न हुने रहेछ। ७७ अर्ब पैसा भयो भने देशका ३० लाख युवाहरु लाई उधमी बनाउन सकिने रहेछ। ती ३० लाख युवाहरुले आफ्नो उधमीमा करिब २ जनाले मात्र रोजगार दिने सक्ने भने ६० लाख युवहरु रोजगारी+ ३० लाख युवाहरु उधमी अनि राज्यलाई कस्ले दिन्छ गालि? किन जान्छन युवा खाडीमा रोजगारको लागि? किन युवाहरु सडक मा बिरोध गर्छन?
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा