सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ। कैलालीको लम्किचुहा नगरपालिका २ की महिलाको बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा बुधबार कोरोनाका कारण मृत्यु भएको छ।
४३ वर्षीया ति महिलामा न्यूरोसम्बन्धी समस्या देखिएपछि गत जेठ ३१ गते नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो। शल्यक्रिया गर्नुअघि उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएको थियो। उक्त रिपोर्टमा कोरोना पोजेटिभ आएको हो ।
नगरपालिकाले सूचना जारी गर्दै उनको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले अस्पतालको सेवा सुविधा समेत अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको जनाएको छ।
विज्ञप्तिमा गत चैत्र ३० गते अचानक वेहोस भएकी महिलाको लम्किचुहा अस्पतालमा उपचार गराइएको थियो। जेठ ३० गतेदेखि असार ३ गतेसम्म अस्पतालबाट सेवा लिएका सबैलाई होम क्वारेन्टाइनमा बस्न समेत आग्रह गरेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा