सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टीकापुर । जानकी गाउँपालिकामा पहिलोपटक भेटिएका संक्रमित मध्येका वडा नम्बर ४ का १६ वर्षीय सन्तोष चौधरी टीकापुर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
गत जेठ ९ गते संक्रमण पुष्टि भएका उनीसंगैका दुइजना २३ गते डिस्चार्ज भइसकेका थिए तर उनको रिपोर्ट पोजेटिभ नै देखाएका कारण उनी अस्पतालमै रहेका थिए ।
टीकापुर अस्पतालका सुचना अधिकारी राजेन्द्र शर्माको अनुसार संक्रमित युवकमा कोरोना नेगेटिभ आएपछि उनलाई आज अस्पतालले डिस्चार्ज गरेको हो । उनीसंगै एकजना अर्का आशंकित व्यक्ती पनि डिस्चार्ज भएका हुन् ।
अब टीकापुर अस्पतालमा जानकीका दुईजना र टीकापुरका चारजनागरि छ जना संक्रमित रहेका छन् । त्यस्तै टीकापुर अस्पतालले कैलालीका सुदूरपुर्वी पाँचवटा स्थानीय तहसंगको समन्वयमा सिटी हलमा २० बेडको आइसोलेसन आजदेखि नै सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा १२ बेड र सिटी हलमा २० बेडको आइसोलेसन भएको छ ।
अस्पतालमा रहेका ६ जना संक्रमितलाई पनि सिटी हलको आइसोलेसनमा लिइने छ भने टीकापुरका कर्णाली नमुना मावी र हिमालय मावीको क्वारेन्टाइनमा रहेका ९ जना संक्रमितलाई समेत सिटी हलको आइसोलेसनमा राखिने टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बल बहादुर रावलले जानकारी दिएका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा