सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टीकापुर । दुई महिना भन्दा लामो लकडाउनले सुनसान बनेको कैलालीको पुर्वी क्षेत्रमा पर्ने टीकापुर बिहीबार रातिदेखि निरन्तर आइरहेको सिमसिमे वर्षाले खुलेको छ । लामो लकडाउनका कारण आर्थिक अवस्था खस्कदै गएपछी र सम्पुर्ण कारोबारहरु रोकिएर निराशापन उत्पन्न भएपछि व्यवसायीहरुको आग्रह बमोजिम बिहीबारदेखि नै टीकापुरमा बिहानपखको समयमा बजार खोल्न मिल्ने निर्णय भएता पनि रातभरिको पानी बिहान र दिउँसो पनि जारी भएपछि बजार बन्द नै थियो ।
लकडाउनले विकास निर्माणका कामसंगै मानवीय स्तरबाटै हुने वातावरणीय प्रदुषण कम भएपछि टीकापुर थप सुन्दर देखिएको छ । बन्द बजार, सुनसान ठाउँ अनि वर्षाले झन सुन्दर देखिएको टीकापुरले लकडाउनका कारण बजार निस्कन नपाएकाहरुलाई यतिबेला लोभ्याइरहेको महसुस समेत हुन्छ । यद्यपि बजारका केही ठाउँमा सडक निर्माणका कामहरु रोकिएर ढुंगाबालुवा सडकमै रहेकाले केही असुहाउदो देखिएता पनि मौसमले भने अत्यन्तै सुन्दर बनाएको छ ।
केही फोटोमा हेर्नुस वर्षापछिको टीकापुरका दृश्य :-
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा