सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालगंंज । बाँकेको नरैनापुरमा आज कोरोना संक्रमण पुष्टि भएका आठै जना भारतबाट आएका रहेको नरैनापुर गाउँपालिकाले जनाएको छ ।
आज संक्रमण देखिएका नरैनापुर गाउँपालिका वडा नम्बर १, ३ र ५ का आठै जना केही दिन अघि मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।
क्वारेन्टाइमा बसेका मध्ये बुधबार ४५ जनाको स्वाब लिएर भेरी अस्पतालमा परिक्षण गरिएको थियो । उनीहरु मध्ये ८ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । बैशाख २१ गते भारतबाट आएका ३४ जना, भारतको क्वारेन्टाइनबाट भागेर आएका भनिएका वडा नम्बर ३ का एक जना र बैशाख ३० गते मुम्बईबाट आएका १० जनाको स्वाब लिइएको थियो ।
त्यस मध्ये ८ जनामा संक्रमण देखिएका हो । संक्रमित ८ जना जयकिसान मावि भोजपुर र दिपेन्द्र प्रावि भगवानपुर क्वारेन्टाइमा रहेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा