सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपिए) ले कोभिड–१९ को महामारी विश्वव्यापी फैलिरहेको हुनाले धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने जनाएको छ । युएनएफपिएद्वारा मंगलबार जारी नयाँ प्रतिवेदनले महिलाले अनिच्छित गर्भधारणको सामना गर्नुपर्ने तथा परिवार नियोजनमा समेत असमर्थ हुने जनाउँदै अगामी महिनामा लैंगिक हिंसा र हानिकारक अभ्यासको चपेटामा पर्न सक्ने प्रक्षेपण समेत गरेको छ ।
महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा कार्यरत निकायका रुपमा युएनएफपिए क्रियाशील छ । कोभिड–१९ को जोखिमका प्रभाव महिला तथा किशोरीमा धेरै मात्रामा पर्ने, उनीहरुको स्वास्थ्य सुविधामा सीमितता ल्याउने, यही सीमितता कारण नियमित जाँच समेत उनीहरुले छाड्न सक्ने र सिंगो स्वास्थ्य प्रणालीमा समेत ठूलो भार पर्न सक्ने प्रतिवेदनले औंल्याएको छ ।
प्रतिवेदन भन्छ, ‘कोभिड –१९ का कारण विश्वव्यापी आपूर्ति व्यवस्थामा आएको अवरोधले महत्त्वपूर्ण गर्भ निरोधकका साधनको अभाव हुन सक्छ । महिलाहरु घरमै बस्ने हुनाले लैंगिक हिंसा बढ्न सक्छ । महिला तथा किशोरीमा कोभिड–१९ ले थप प्रभाव पर्ने देखाउँछ ।’
‘कोभिड–१९ को महामारीले गहिरो असमानता निम्याउँदै छ । लाखौं महिला तथा किशोरीहरु आफ्नो परिवार नियोजन, आफ्नो स्वास्थ्य र शरिरको सुरक्षा गर्ने क्षमता गुमाउने जोखिममा छन्,’ युएनएफपिएका कार्यकारी निर्देशक डा. नातालिया कनेम भन्छन् । महिलाको प्रजनन् स्वास्थ्य सेवा, अधिकारहरु सुरक्षित गर्न, निरन्तर जारी राख्न, आपूर्ति वितरणलाई सहज बनाउन र संकटापन्नलाई सहयोग र संरक्षण गर्नुपर्ने प्रतिवेदनले जनाएको छ ।
प्रतिवेदनले मध्य र कम आय भएका ११४ देशका ४७ मिलियन महिला आधुनिक गर्भनिरोधक साधनबाट वञ्चित हुन सक्ने समेत प्रक्षेपण गरेको छ । लकडाउन ६ महिना लम्बिए तथा स्वास्थ्य सेवा पाउन अवरोध कायम रहेमा ७ मिलियन अनिच्छित गर्भधारण हुने, ३१ मिलियन महिला लैंगिक हिंसामा घटना हुने सम्भावना औंल्याएको छ । साथै ३ महिनासम्म लकडाउन जारी रहेमा थप २ मिलियन महिला आधुनिक गर्भनिरोधक साधन प्रयोग गर्न असमर्थ हुने र १५ मिलियन महिला लैंगिक हिंसामा घटना हुने जनाएको छ ।
कोभिड–१९ को प्रतिकार्यले बालविवाह अन्त्य र प्रयासलाई समेत बाधा पु¥याएको छ । सन् २०२०–२०३० को बीचमा १३ मिलियन थप बालबिवाह हुने सम्भावना प्रतिवेदनले देखाएको छ । प्रतिवेदन भन्छ, ‘ती बालविवाह रोक्न सकिन्थ्यो ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा