सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टीकापुर । टीकापुर बृहत उद्यान जसलाई टीकापुर पार्क भनेर चिन्ने गरिन्छ, जहाँ वि.स २०२४ मा राजा महेन्द्रले स्वास्थ्य लाभ प्राप्त गरेका थिए । त्यही समयपछि रानी रत्न राज्यलक्ष्मी शाह र राजा महेन्द्रकै निर्देशनमा टीकापुर सहरको परिकल्पना संगै त्यहाँ भएको सुनसान, मनोरम, शान्त र सुन्दर ठाउँलाई बृहत पार्क बनाउने काम भएको हो ।
यहि पार्कमा नयाँ वर्ष, दशैं तिहारको बेला सुदूरपश्चिमका अन्य पर्यटकीय स्थलहरुभन्दा धेरै पर्यटकहरु अवलोकन भ्रमण र पिक्निकका लागि आउने गर्दछन । तर यो नयाँ वर्षमा भने टीकापुर पार्क एकदम सुनसान छ । अहिले विश्वमा नोबेल कोरोना भाइरसले महामारीको रुप लिएर लाखौंको मृत्यु भैरहेको र लाखौं संक्रमित भएको बेला नेपालमा यसलाई नियन्त्रण र रोकथाम गर्न नेपाल सरकारले गत चैत ११ गतेदेखि घोषणा गरेको लकडाउनले गर्दा पार्क करिब ३ हप्तादेखि सुनसान बनेको छ । वसन्त ऋतुको आगमन संगै पार्कमा पर्यटकहरु चहलपहल बढ्ने गर्दथ्यो । तर देश नै लकडाउन गरिएकाले पार्क पनि बन्द छ ।
पार्कका एक कर्मचारीले भने, “नयाँ वर्षको पहिलो दिन नै पार्कमा २० देखी २५ हजारको हाराहारीमा पर्यटकहरु आउने गर्थे । एकैदिन लाखौं राजस्व संकलन हुन्थ्यो । यो वर्ष पनि टीकापुर पार्क पर्यटकलाई स्वागत गर्न तयार थियो तर कोरोनाका कारण सुनसान बनेको छ ।”
घरमै बस्ने र बाहिर ननिस्कने नै कोरोनाबाट बच्ने उपाय भएकाले सबैले सरकारको निर्णयलाई पालना गरिरहेका छन् । यतिबेला देशको अर्थतन्त्र नै डामाडोल भएको छ । टीकापुर पार्कको राजस्व संकलन पनि यो वर्ष खस्किएको छ । सबभन्दा धेरै राजस्व संकलन नयाँ वर्षको समयमा हुन्थ्यो पार्कमा तर यो वर्ष राजस्व पनि खस्किने अनुमान गरिएको छ । पार्कभित्र अहिले बादरको दादागिरी र चराचुरुङ्गीको चिरबिर आवाज बाहेक केही सुनिदैन, कोहि देखिदैन । कर्मचारी दुज बहादुर दर्लामी मगरले भने, “पार्कलाई दिनदिनै सफा गरिरहेका छौं, पार्कको सौन्दर्य र पार्क भित्र भएका फुलहरु लगायत मनोरम दृश्यमा कुनै कमि आउन दिएका छैनौं । बादरले फुलहरु क्षतविक्षत गर्दिन्छन समस्या त्यतिमात्र हो तर हामी दिनभरी पार्क भित्रै हुन्छौं । पार्क सुनसान हुदा मलाई नै अर्कै महसुस भैरहेको छ । यस्तो त कहिलै भएको थिएन तर अहिले परिस्थिति नै त्यस्तै आइदिएको छ ।”
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा