सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज (बिहीबार) देखि प्रदेश राजधानी हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण गरिने जानकारी दिएका छन् ।
बिहीबार विहानै एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबबाट बिहान १० बजेदेखि संकलित नमूनामा कोरोना संक्रमण परीक्षण गरिने तयारी सकिएको बताए । उनले सो ल्याबबाट प्रत्येक दिन ७५ वटासम्म नमूना परीक्षण गर्न सकिने उल्लेख गर्दै ल्याबका आवश्यक सबै सामग्री र जनशक्ति हेटौंडा आइपुगिसकेको र मेसिनहरु जडान गर्ने कार्य सकिएको जानकारी दिए ।
मुख्यमन्त्री पौडेलले संसार कोरोनाबाट त्रस्त रहेको बेला बेला नेपाल सरकारले चालेको दूरदर्शी तथा सबैभन्दा प्रभावकारी कदमका कारण देशमा कोरोना भित्रिएर पनि फैलनबाट भने रोकिएको दाबी गरे । ‘हामीलाई विश्वास छ देशमा भएका सबै कोरोनाका संक्रमितहरु केहीदिन भित्र स्वास्थ्य लाभ गरी फर्कनेछन् र फेरी एक पटक हामी कोरोना भाइरसलाई नेपाली माटोबाट विदाई गर्ने छौं,’ सन्देशमा उल्लेख छ ।
पौडेलले सन्देशमा विदेशबाटै कोरोना संक्रमित भएर आएका बाहेक स्वदेशमा कसैलाई पनि संक्रमण फैलन नदिनुलाई कसैको कृपासँग जोडेर हेर्नु भनेको नेपाली स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अहोरात्र खटिएका सरकारका विभिन्न निकायका व्यक्तित्वको योगदानको अवमूल्यन गर्नु हो भनेका छन् ।
‘कुनै पनि बेला कोरोना फैलन सक्ने सम्भावना जिवित नै छ । छिमेकी देश भारतमा नेपालको सिमासम्म कोरोना फैलिसकेको अवस्थामा हामी सचेत र सावधान हुनु आवश्यक छ । प्रदेश सरकारले प्रदेशमा कोरोना संक्रमण फैलन नै नदिनेगरी तयारी गरेको छ र यदि फैलिहाले त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण तयारी सकिएको जानकारी गराउँछौं,’ मुख्यमन्त्री पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा