सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बजारमा अब आधा ग्यास मात्र भरेको सिलिन्डर आउने भएको छ ।
नेपाल आयल निगमले आधा ग्यास मात्र भरेको सिलिन्डर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो ।
हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ भने अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बजारमा ग्याँसको अभाव हटाउन भारतबाट पहिलेको तुलनामा धेरै ग्याँस बुलेट आयात गर्दापनि अभाव हट्न नसकेपनि आधा ग्यास भरेर बिक्री गर्ने तयारी अघि बढाउन लागिएको बताए ।
निगमका अनुसार, आधा भरिएको ग्यासको मूल्य उपभोक्ताले ६ सय ८७ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ ।
निगम स्रोतका अनुसार, नाकाबन्दीका समयमा पनि निगमले आधा ग्यास भरेर आपूर्ति व्यवस्था सहज बनाउने प्रयास गरेको थियो ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा