सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ । बदलिँदो परिस्थितिको गतिविधि आत्मशात गर्नु मानवीय आवश्यकता भएको छ । एउटा मनीसले यो शर्त मान्नु भनेको जीवनलाई पूर्णता तर्फ केन्द्रित गर्न खोज्नु हो । वातावरण अनुसार आफुलाई परिवर्तन गर्न नसक्ने मानिसले आजको समयमा आफ्नो वर्चश्व समाजमा स्थापित गर्न सम्भव देखिदैन । मानिसलाई सामाजिकरुपमा सक्रिय,शारीरिकरुपमा फुर्तिलो,मानसिकरुपमा सचेष्ट अनि व्यवहारिकरुपमा उत्कृष्ट बनाउन स्व-परिवर्तन ( लेखकको अवधारणा ) भन्ने शब्दको मर्म पालनाले महत्वपुर्ण भूमिका निर्वाह गरेको हुन्छ । वर्तमान समयमा देखिएका सामाजिक,आर्थिक,राजनीतिक,मानसिक,व्यावहारिक लगाएत अन्य थुप्रै समस्याहरुको समाधानार्थ समाजका प्रत्तेक एकाइले पहिले आफैलाई परिवर्तन गर्न सक्नु पर्छ ।
आजका युवा युवतीहरु विज्ञान तथा प्राविधको उपलब्धिलाई प्रयोग गर्न माहिर छन । अत्याधुनिक प्रविधिको सदुपयोगले उनीहरुको जीवनशैलीमा चौतर्फी विकास भइरहेको छ,यसलाई हामीले सकारात्मक उपलब्धी मान्नुपर्छ । आधुनिकताको नाममा आफ्नो धर्म,परम्परा,मूल्य,मान्यता आदि सबै मौलिकताहरु कुल्चिएर हिड्नु ठुलो दुर्भाग्य हो । यो यथार्थ नविन पुस्ताले भुल्नु हुदैनथ्यो । सचेत गराउने संयन्त्र र तरिका नमिलेर होला आजका युवा युवतीहरुले जानेर वा नजानेर यो गल्ति गरिरहेको देखिन्छ । परिणामस्वरूप प्रत्तेक घर घरमा अभिभावक र सन्तानहरुका बीच शितयुध्द चलिरहेको छ ।
समस्याको समाधानार्थ अभिभावकहरुको पनि जिम्मेवारी नरहने होइन । प्रत्तेक अभिभावकले आफुलाई सन्तानहरुको स्थानमा राखेर परिस्थितिको विश्लेषण गर्नु नित्तान्त जरुरी हुन्छ । अभिभावकहरुले सन्तानको कुभलो चिताउन सक्दैनन् । सन्तानको उन्नति र प्रगति नै उनीहरुको प्रमुख लक्ष्य हुन्छ भन्ने कुरामा बहस गर्नु युक्तिसंगत हुदैन । त्यसो भन्दैमा अभिभावकहरु आफ्नो रुढीवादी सोच,परम्परागत अव्यवहारिक कार्य,नचाहिदो बोझ आदि सन्तानमा थुपार्न स्वतन्त्र हुनुपर्छ भन्ने होइन । सन्तानको मनोवैज्ञानिक समस्याको चुरो कहाँ लुकेकोछ त ? यो तथ्य अभिभावकहरुले बुझ्नु नै पर्छ । आधुनिकताको अनुशरण समयको आवश्कता हो भन्ने कुरामा सहमत हुदै सन्तानको कदमलाई नकार्नुको साटो सुधारको मार्ग उनीहरुकै प्रकृति अनुरुप प्रस्तुत गरेकोखण्डमा अपेक्षा गरेको क्रियाकलाप सन्तानबाट प्राप्तगर्न सहज हुन्छ । सन्तानको मनोवैज्ञानिक अवस्था पत्तालगाउनु अभिभावकहरुको पहिलो दाईत्व हो । त्यसपछिको दोस्रोचरणमा मात्र अभिभावक आफुले सन्तानको हितमा बनाएको धारणा खेर नजाने गरेर प्रस्तुत गर्न सक्छ । सन्तानको मनोवैज्ञानिक दशा बुझेर आवश्वकता अनुरुप आफ्नो धारणा परिमार्जन गरेर प्रस्तुतहुने अभिभावक नै सफल अभिभावक हुन । वास्तवमा सफल अभिभावकहरुले मात्र स्व-परिवर्तन भन्ने अवधारणालाई आत्मसातगर्न सक्छन र आधुनिकताको नाममा पथभ्रष्ट बनेका सन्तानहरुलाई गहन विचारको प्रवाह मार्फत अनुकुल बनाउने कार्य सरलै गर्न सक्छन ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा