सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । हेटौंडाका संगीतकर्मीहरुको सांगीतिक समुह ‘सिजन्स ब्याण्ड’ ले नयाँ गिती संग्रह ‘सिजन्स द न्यू बिगिनिङ’ बाट दोश्रो गितको भिडियो सार्वजनिक गरेको छ ।
ब्याण्डका गायक सुजिल कर्माचार्यको स्वरमा ‘को नेपाली यो’ गितको भिडियो ब्याण्ड कै युट्युब च्यानलमार्फत रिलिज गरिएको छ । फरक स्वाद पस्कने यस ब्याण्डको यो कोशिशलाई दर्शकहरुले रुचाएको पाईएको छ ।
सिजन्स ब्याण्ड कै शब्द संगीतमा तयार भएको यस गितको भिडियोको निर्देशन बिजेश पौडेलले गरेका छन्। शिवराम श्रेष्ठको छायांकन रहेको भिडियोमा धुब्र अधिकारी, अबिर पौडेल, प्रकाश खनाल लगायतको अभिनय रहेको छ ।
‘सिजन्स द न्यू बिगिनिङ’ संग्रहबाट रिलिज गरिएको पहिलो गित ‘भन्छन् नारायण’ ले समेत राम्रो प्रतिक्रिया बटुलेको थियो । उक्त गितमा समेत यस ब्याण्डले फरक स्वाद पस्कने कोशिश गरेको थियो जुन सफल हुन पुग्यो । बजार व्यवस्थापनको जिम्मा लिएको स्टेरियो रेकर्ड्सका अनुसार ‘सिजन्स द न्यू बिगिनिङ’ संग्रह मार्फत ब्याण्डले सकारात्मक उर्जा दिंदै मनोरञ्जन प्रदान गर्ने खाल्का गितहरु पस्कनेछन् । सिजन्स ब्याण्डको यस प्रयोगलाई दर्शकले रुचाएको समेत पाईएको छ ।
विगतमा सिजन्स ब्याण्डले सुनेको कुरा, असार साउन, रातो माटो, असफल जिन्दगी, सपना मात्र आदि लोकप्रिय गीतहरु स्रोता तथा दर्शकहरुलाई दिइसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा