सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले एक हजार ५ सय शिक्षक माग गरेको छ । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्म एक वर्षका लागि स्वयंसेवक शिक्षक माग गरेको हो ।
स्नातक तथा स्नातकोत्तर तह उतिर्ण गरेकाहरुले लागि शिक्षक सेवा अनुमति पत्र बिना नै जागिरका लागि आवेदन दिन सक्ने जनाइएको छ । स्वयंसेवक शिक्षकका लागि अंग्रेजी, गणित, विज्ञान मूल विषय लिएर पढेकाहरुले आवेदन दिन पाउनेछन् ।
फारम शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइट www.doe.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा