सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काभ्रेैं । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल भ्रमण वर्ष २०२० पर्यटनकै वर्ष हुने बताएका छन् ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ४ को नमोबुद्ध तिमाल समाजले नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजना गरेको हाफ म्याराथन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री बास्कोटाले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने बताए ।
सञ्चारमन्त्री बास्कोटाले भने, ‘नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ, हामीसँग अथाह प्राकृतिक स्रोत र सौन्दर्य छ ।’ पर्यटन वर्षपछि नेपालमा केही हुन्न भनेर नसोच्न उनले पर्यटन व्यवसायीलाई आग्रह गरे ।
पर्यटनको विषेशताको रूपमा हिमाल, महाभारत खण्ड, उपत्यका तथा भौगोलिक हिसाबले शेर्पा, तामाङ, बाहुन–क्षेत्री, चौधरी, धिमाल, मेचे अनेकौँ संस्कृति, जाति पहिरन रहेकाले आफ्ना पहिचानलाई पर्यटनको माध्यमले उत्पादनसँग जोड्नुपर्नेमा मन्त्री बास्कोटाले जोड दिए ।
हरेक क्षेत्रमा स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटकलाई प्रदर्शन गर्ने व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै सञ्चारमन्त्री बास्कोटाले भने, ‘हामी हिमाल र ऐतिहासिक धरोहरले विश्वमा परिचित त छौँ तर हामी हाम्रा सम्पूर्ण पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्नेतर्फ लाग्नेछौँ ।’
मन्त्री बास्कोटाले नेपालको सयमध्ये काभ्रेपलाञ्चोकमा १९ किलोमिटर महाभारतमा ट्रेकिङ ट्रेलको बोलपत्र आह्वान भइसकेको बताउँदै नाला–धुलिखल–नमोबुद्ध–कोटतिमाल–तङसोमकुण्डसम्म बुद्ध परिपथ निर्माण गर्ने योजना बनाइएको जानकारी दिए ।
उनले नमोबुद्ध नगरपालिकाको दुई र पाँचखाल नगरपालिकाको तीन वटा वडामा रहेको १२ हजार रोपनी जमिनमा मदन भण्डारी विश्वविद्यालय निर्माण गरिने, अरनिको राजमार्ग स्तरोन्नति हुने तथा मध्यपहाडी लोकमार्ग यसवर्ष ३ सय ९५ किलोमिटर पक्की हुने जनाएका हुन् ।
सञ्चारमन्त्री बास्कोटाले भने, ‘सुनकोशी नदीबाट ५ सय ३६ मेगावाट बिजुली पनि निकाल्छौँ, हामी काम गर्दैछौँ, विकासको परिणाम आम जनताका हातमा पुर्याउँछौँ ।’ वर्तमान सरकारको पहिलो आधार वर्ष, दोस्रो शिलान्यास र तेस्रो र आउँदा वर्ष उद्घाटनको वर्ष हुँदै जाने सञ्चारमन्त्री बास्कोटाले जनाए ।
उनले २२ वर्षमा नगरेको काम वर्तमान सरकारले दुई वर्षमै गरेको स्पष्ट पारे । ‘अब तीन वर्षमा नेपाली मनको आत्मविश्वास जाग्ने गरी पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, कृषिमा काम हुनेछ’, सञ्चारमन्त्री बास्कोटाले भने ।
सञ्चारमन्त्री बास्कोटाले आउँदो दुई वर्षमा वृद्धभत्ता रु पाँच हजार पुर्याइने जानकारी दिए । प्रधानमन्त्री केपी ओलीको दृढता र विश्वासका साथ नीति कार्यक्रम, बजेट, अन्तर्राष्ट्रिय सम्बन्धले राष्ट्रिय आत्मविश्वासको अवस्था सिर्जना भएकाले जनताले राम्रो कामलाई राम्रो र नराम्रोलाई खबरदारी गर्न सञ्चारमन्त्री बास्कोटाले आग्रह समेत गरे ।
कार्यक्रममा मन्त्री बास्कोटाले म्याराथनमा प्रथम शिवबहादुर रायमाझी, द्वितीय हिमाल कार्की र तृतीय कस राईलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र हस्ताणतरण गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा