सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल र ओमानको राष्ट्रिय संग्रहालयबीच समझदारी भएको छ । नेपाल र संग्रहालयबीच पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुई देशका संग्रहालयबीच एक अर्काको अनुभव र विज्ञताको आदानप्रदान गर्ने तथा दुई देशीय पर्यटन प्रवर्द्धननमा सहयोग पुग्ने लक्ष्य लिएको समझदारी पत्र उल्लेख गरिएको छ ।
नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरेर नेपालका पर्यटकीय तथा महत्वपूर्ण विषयमा संग्रहालयमार्फत प्रचारप्रसार गर्न थप सहयोग हुने योजनाका साथ दुई देशबीच सहमती भएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिए ।
ओमानको राष्ट्रिय संग्राहलयमा सोमबार एक कार्यक्रमकाबीच नेपालको तर्फबाट राष्ट्रिय संग्राहलय छाउनीका कार्यालय प्रमुख जयराम श्रेष्ठ तथा ओमानको तर्फबाट राष्ट्रिय संग्राहलय ओमानका महानिर्देशक जमल बिन हसन अल मोवासीले समझदारी पत्रमा हस्ताक्षर भयो ।
कार्यक्रममा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल लगायत दूतावासका अन्य कर्मचारीहरुले सहभागीता जनाएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा