सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कञ्चनपुर, डोटी, बैतडी,अछाम र बाजुरा गरी पाँच जिल्लाबाट सात स्थानमा वडा अध्यक्षको लागी शनिबार बिहानै देखि मतदान भैरहेको छ । निर्वाचन भैरहेका सम्पूर्ण स्थानमा मतदान बिहान ७ बजेदेखि नै सुरु भैसकेको छ । ७ वटा रिक्त वडाध्यक्ष पदका लागि २१ जना उम्मेदवार चुनावी मैदानमा छन् भने १० हजार ९ सय ३७ मतदाताले मतदान गर्नेछन् ।
सुदूरपश्चिम प्रदेशको बैतडीमा सबै भन्दा बढी तिन स्थानीय तहका तिन वडा अध्यक्षको लागी निर्वाचन हुँदैछ । जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष गौतम प्रसाद भट्ट, सुर्नया गाउँपालिका १ का अध्यक्ष कलसबहादुर चन्द, दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मान बहादुर विष्टको मृत्यु भई पद रिक्त रहेकाले उपनिर्वाचन हुन लागेको बैतडीका जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुयाँलले जानकारी दिए ।
उपनिर्वाचनका लागि बैतडीमा सुरक्षाकर्मीसहित करिब ४५० जनशक्ति परिचालन गरिएको छ । उपनिर्वाचन हुने दोगडाकेदार–४, सुर्नया गाउँपालिका १ र पुर्चौडी नगरपालिका ४ मा ३०० बढी सुरक्षाकर्मी र ५४ कर्मचारी परिचालन गरिएको बैतडीका निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिए ।
दोगडाकेदार गाउँपालिका ४ मा केदार माद्यामिक विद्यालय पिपलकोट र हुनैनाथ आधारभूत विद्यालय कपिन्ना मतदानस्थल, सुर्नया गाउँपालिका १ को साबिकको गाविस भवन गुर्केलीलाई मतदानस्थल, पुर्चौडी नगरपालिका–४ को महादेव मावि सिवाबो र पहरौल मावि बाङ्गालाई मतदानस्थलमा पनि धमाधम मतदान भैरहेको छ ।
डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मा वडा अध्यक्षको लागी चुनाव हुँदैछ । डोटीमा एकै स्थानमा चुनाव भए पनि सबै भन्दा बढी २४ सय ६९ मतदाता यही छन् । डोटीमा पनि बिहानै देखि मतदान भैरहेको छ ।
आदर्श गाउँपालिका २ मा वडाध्यक्ष प्रेम बोहराको निधन भएपछि उक्त पदका भैरहेको उपनिर्वाचनका लागि शारदा माद्यामिक विद्यालय, मौवानगरदह, कोटान्जर माद्यामिक विद्यालय, कोटान्जर तथा साउदकडा माद्यामिक विद्यालयमा मतदाताले मतदान गरिरहेका छन् ।
कञ्चपुरको एक स्थानमा उप निर्वाचन हुँदैछ । पुर्नवास नगरपालिका ३ मा वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनकोमा मतदाता स्वस्फूर्त रुपमा मतदानस्थलमा गएर मतदान गरिरहेका छन् । उपनिर्वाचनका लागि गोरखा माध्यमिक विद्यालयमा राखिएको मतदान स्थलमा दुई मतदान केन्द्रबाट मतदान भैरहेको छ । यो वडामा एक हजार एक ९९ मतदाता रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा