सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । यती एअरलाइन्सले आफ्ना सबै विमानमा प्लास्टिक कप प्रयोग बन्द गरेको छ । एअरलाइन्सले यात्रुलाई पानी तथा कुनै पेय पदार्थ दिन प्रयोग गरिरहेको प्लास्टिक कप हटाएर पेपर कप प्रयोगमा ल्याएको हो ।
पेपर कपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यूएनडीपीकी आवासीय प्रतिनिधि आइसियानी लेबेले यती एअरलाइन्सको यो प्रयास अत्यन्तै सकारात्मक रहेको बताइन् । उनले प्लास्टिक प्रयोगमा कमी ल्याउन सबैको संयुक्त प्रयास हुनुपर्नेमा जोड दिइन् ।
यो एअरलाइन्स नेपालमा कार्बन न्युट्रल अभियान सुरुवात गर्ने पहिलो र एकमात्र हवाई कम्पनी भएको छ । यसैक्रममा, एअरलाइन्सका प्रवक्ता भीमराज राईले विमानमा प्रयोग भइरहेको प्लास्टिक कप हटाइएको जानकारी दिए ।
उनका अनुसार प्लास्टिक कप विस्थापन कार्य कार्बन न्युट्रल अभियानमा थप एक कदम रहेको छ । प्लास्टिकको सट्टा पेपर कप प्रयोगले वातावरण सफा हुने र कार्बन उत्सर्जनमा कमी आउने उनले जनाए ।
पेपर कपसँगै एअरलाइन्सले थप २ वटा विद्युतीय कार प्रयोगमा ल्याएको छ । कार्बन न्युट्रल अभियानमा यती एयरलाइन्सको यो थप प्रयास हो । एअरपोर्टमा यात्रुलाई विमानसम्म ल्याउनरर्पुयाउन विद्युतीय भ्यान प्रयोग सुरु गरेको छ ।
यो एअरलाइन्सले प्रयोगमा ल्याइएका जहाज तथा सवारी साधनबाट भएको उत्सर्जित कार्बनको राष्ट्रसंघबाट सम्बन्धन प्राप्त संस्थाबाट अडिट गराई क्षतिपूर्ति पनि गर्दै आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा