सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, भदौ १ । पत्रकार शालिग्राम पुडासैनीको मृत्यु प्रकरण र रवि लामिछाने गिरफ्तार प्रकरणको विषयले प्रवेश पाएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा संसदको शून्य समयलाई सम्बोधन गर्दै नेकपाका सांसद महेश्वरजंग गहतराजले पत्रकार पुडासैनीको मृत्यु प्रकरण र त्यसको अनुसन्धानका लागि रवि लामिछानेको गिरफ्तारीपछि अहिले भइरहेको गतिविधि शान्ति सुरक्षा तथा सुसाशनकाविरुद्ध रहेको बताएका छन् ।
यसैक्रममा, सांसद गहतराजले आफ्नो मान्छे वा आफूलाई मन परेको मान्छे अपराधि हुँदैन भन्ने मनोविज्ञानले समाजलाई नकारात्मक दिशा तर्फ लगिरहेकोमा गम्भीर बन्न सबैलाई आग्रह गरेका छन् ।
सांसद गहतराजले भने, ‘मेरो मान्छे वा मेरो मन परेको मान्छे सुन पानीको चोखो हुन्छ । अपराधि हुँदैन भन्ने मनोविज्ञानले हाम्रो समाजलाई कता लगिरहेको छ रु आज गम्भीर चिन्ता र चासोको विषय भएको छ ।’
लामिछानेको गिरफ्तारको घटनालाई लिएर ‘के निहुँ पाउँ कनिका बुकाउँ’ भन्ने उखानलाई चरितार्थ गर्दै अराजक, गैरकानुनी र अस्वभाविक हुलहुज्जत गर्ने कार्य भइरहेको सांसद गहतराजले बताएका छन् ।
सांसद गहतराजले प्रहरीले घटनाको अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने संवैधानिक र कानुनी प्रकृया रहेको भएता पनि अहिले यसलाई उल्लंघन गर्दै हुलहुज्जत गरेर शान्ति सुव्यवस्थालाई खलल पार्ने अवस्था निम्त्याएको प्रति गम्भीर चिन्ता उत्पन्न भएको बताएका छन् ।
सांसद गहतराजको भनाइ अनुसार यस्ता गतिविधिले अपराधिलाई अझ प्रोत्साहन गर्ने हुँदा यसतर्फ सबैको ध्यान गम्भीर हुनुपर्ने जरुरी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा