सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, साउन ३२। देशैभर मनाइएको गाइजात्रा टीकापुरमा पनि एक कार्यक्रम गरेर मनाईएको छ । सिर्जनशील युवा समाजले भाग ३ अन्तरगत गुडीमुन्टे गाइजात्रा २०७६ कार्यक्रमको आयोजना गरेर गाइजात्रा मनाएको छ । औपचारिक कार्यक्रम गुडीमुन्टे समुहका युवा राजेन्द्र विश्वकर्माको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा टीकापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गंगाराम आचार्य रहेका थिए ।
कार्यक्रममा बोल्दै आचार्यले गाइजात्राको ऐतिहासिक महत्व रहेको बताए । उनले टीकापुरमा गुडीमुन्टे समुहले निकै परिश्रम गरेर सरसफाई लगायत यस्ता व्यंग्यात्मक कार्यक्रमा गरेकोमा खुशी लागेको बताउदै हरेक क्षेत्रमा सत्यतथ्य कुराहरु यसै गाइजात्रे कार्यक्रमबाट बाहिर ल्याउन आग्रह समेत गरेका थिए ।
कार्यक्रममा समाजसेवी भिमराम चपाई, नेपाली कांग्रेसका टीकापुर नगर सभापति धनराज उपाध्याय, टीकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष लोकबहादुर खड्का, समाजवादी पार्टीका नेता हरि तिमिल्सेनाले शुभकामना मन्तव्य राखेका थिए । उक्त युवा समाजका सदस्य भरत भण्डारीले स्वागत गरेको कार्यक्रमको संचालन झलनाथ खनालले गरेका हुन् । अनौपचारिक हास्य(व्यंग्यात्मक कार्यक्रमको संचालन भने भरत भण्डारीले गरेका हुन् । कार्यक्रममा नृत्य, गायन, नाटकबाट टीकापुरको यथार्थ कुरा प्रस्तुत गरिएको थियो । गाइजात्रा कार्यक्रमको मुख्य सहयोगीको रुपमा टीकापुर नगरपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिका वडा नम्बर १, वडा नम्बर २, बजाज अल्मट डरप्स, टीकापुर उद्योग बाणिज्य संघ रहेका थिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा