सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नवलपरासी, साउन ३१ । ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् ।
अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका हुन् ।
अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको भुसालले बताए । रासस
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा