सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन ३० । बिहीबार बिहान वरिष्ठ साहित्यकार तथा दीक्षित प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहेका मदनमणि दीक्षितको निधन भएको छ । यसैक्रममा, प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार दीक्षितको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
वरिष्ठ साहित्यकार दीक्षितको निधनको खबरले आफूलाई मर्माहत भएको भन्दै प्रधानमन्त्री ओलीले बिहीबार ट्विट गर्दै साहित्यकार दीक्षितको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गरेको हो ।
यसैक्रममा, प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्।
९७ वर्षीय दीक्षितको शव अहिले कमलपोखरीस्थित हिमाल अस्पतालमा राखिएको छ । साहित्यकार दीक्षितको शवलाई अन्त्येष्टिका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा राख्न परामर्श भइरहेको छ भने, त्यसपछि बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा