सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
त्याग र बलिदानको चाड बकर इद आज पुरै देशमा मनाइदैछ । बकर इदलाई इद–उल–अजहा तथा इद–उल–जुहा पनि भनिन्छ । रमजानको पवित्र महिनामा पर्ने इद–उल–फितर तथा मीठो इदको दुई महिना पछि बकर इदको चाड आउछ । यो चाडले आफसी भाईचारालाई बढाउने सन्देश दिन्छ, साथै मानिसहरुलाई सहि बाटोमा आफनो सबै त्याग गर्ने वाटो देखाउछ ।
किन दिइन्छ बाख्राको बलि ?
इस्लामिक मान्यता अनुसार, इजरत इब्राहिम पैगम्बर थिए । उनले मानिसहरुको सेवामा आफनो पुरै जीवन खर्चे र सत्यको लागी लडि रहे । ९० बर्षको उमेरसम्म उनको कुनै पनि सन्तान भएनन् तब उनले भगवानको धेरै पुजा, आरधना तथा उपसना गरे तब उनले छोरा इस्माइलको जन्म भयो ।
एक दिन उनले आफनो सपनामा आफैलाई आदेश आयो कि आफु जुन बाटो अंगालेको छ त्यसलाई बलिदान देउ । उनले कैयौ जनावरलाई बलि दिए तर पटक–पटक बलिदानका सपना आइ नै रहे । एक दिन उनलाई सपनामा आफनो सबैभन्दा प्यारो चिज बलिदान दिनको लागी सन्देश आयो । उनले यसलाई आफनै आदेश मान्दै आफनो छोरा इस्माइल लाई नै बलि दिनको लागी तयार भए ।
इजरत इब्राहिमलाई लाग्यो कि आफनो छोरो इस्माइल नै आफनो सबैभन्दा बहुमुल्य हो, यसैकारण उनले आफनो छोरालाई नै बलिदान दिने निर्णय गरे । बलिको दिन हजरत इब्राहिकले आफनो आँखामा पट्टी बाँधे । जब उनले आफनो छोरालाई बलि दिनको लागी अगाडि बढे तब भगवानले पनि उनको निष्ठालाई देखेर उनको छोराको ठाउँमा भेडा लाई बलिदानको रुपमा परिवर्तन गरिदिए ।
जब उनले अफनो आँखाबाट पट्टी हटाए तर उनको छोरा इस्माइल अगाडि जिवित उभिरहेको र बलि दिएको ठाउँमा भेडा थियो । त्यो बेलादेखी नै बाख्रा र भेडाको बलि दिने चलन बस्दै आएको हो ।
बलिको प्रथा
बकर इदको दिन सबैभन्दा पहिला विहान प्राथना गरीन्छ । यसपछि बाख्रा वा अन्य जनावर को बलि चढाइन्छ । बलि चढाइएको बाख्राको मासुलाई तिन भाग लगाइन्छ । जसमा एउटा भाग गरिबहरुलाई, दोस्रो भाग साथीहरुलाई र तेस्रो भाग घर–परिवारका सदस्यहरुलाई खुवाइन्छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा