सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, साउन २६ । प्रदेश ५ ले भोलि (सोमबार) सार्वजनिक विदा दिएको छ। मुस्लिम धर्मालम्बीहरूको चाड इद ऊल अजाहको अवसरमा प्रदेशमा विदा दिइएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको गत वैशाख १२ गतेको बैठकले इदको अवसरमा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
सोही निर्णय निर्णय अनुसार सोमबार सार्वजनिक विदा हुने प्रदेश सरकारका सातौं अधिकृत माधव शर्माले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ। उनले प्रदेशभर सर्वसाधारण र सरोकारवाला सबैको जानकारीको लागि फेरि आइतबार सूचना प्रकासित गर्नु परेको अवगत गराएका छन्।
यसअघि प्रदेश २ ले सोमबार सार्वजनिक विदा दिएको थियो। प्रदेश सरकारले दिएको विदा प्रदेश तथा स्थानीय सरकारका कार्यालयमा लागू हुन्छ। केन्द्रमातहतका कार्यालयमा विदा दिन गृह मन्त्रालयले सूचना जारी गर्नुपर्छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा