सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैतडी, साउन २६ । पहिरोका कारण जोखिमा रहेका ५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षित स्थानमा सारिएका परिवारहरु बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर–८, मल्लोढोलेका रहेका छन् ।
सुर्नया गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आनन्दसिंह बोहराले सडकबाट पहिरो खसेपछि ५ परिवारलाई छिमेकीको घरमा सारिएको जनाइएका छन् ।
प्रभावित परिवारलाई सुर्नया–६ को शंकरपुर प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीय्हरुको सहयोगमा सुरक्षित ठाउँमा सारिएको उनले बताएका छन्।
उनले सुरक्षित स्थानमा अम्मरसिंह बोहरा, लालबहादुर बोहरा, डम्मर बोहरा, रामसिंह बोहरा र धौलसिंह बोहराको परिवारलाई सारिएको जानकारी दिए ।
वडा अध्यक्ष बोहराले सतबाँझ–श्रीभावर सडकखण्डअन्तर्गत ढोल्यामोडबाट वडा कार्यालयसम्म काटिएको सडकमा पहिरो खस्दा २३ परिवार जोखिममा रहेका जानकारी दिए।
उनको भनाइ अनुसार भिरालो जमिन भएकाले सडकमा खनिएको माटो र पहिरोका कारण बस्तीमा समस्या निम्त्याएको छ । स्थानीय बासिन्दा चिन्तित बनेका प्रेमबहादुर बोहराले पानी पर्नेबित्तिकै फेरि क्षति पुग्ने हो कि भनेका छन् ।
पहिरोका कारण स्थानीयहरुको खेतबारीमा नोक्सानी पुर्याएको उनले बताएका छन् । स्थानीयहरुको अनुसार पहरीले खानेपानीको मुहान र खानेपानीको पाइपसमेत पुर्याएकाले खानेपानीको समेत अभाव भएको बताएका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा