सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, साउन २४ । सुदूरपश्चिमान्चल साहित्य, संगीत, कला प्रतिष्ठान टीकापुर कैलालीको साधारण सभा २०७६ सम्पन्न भएको छ । शुक्रबार टीकापुर सामुदायिक पुस्तकालयमा संस्थाका अध्यक्ष बल बहादुर रावलको अध्यक्षतामा भएको सभामा टीकापुरका अग्रज नर राज गिरीको प्रमुख आतिथ्यता रहेको थियो । पुर्व राज्यमन्त्री एवं टीकापुरका अग्रज सामाजिक व्यक्तित्व चन्द्रसिंह भट्टराई, सामुदायिक पुस्तकालयका अध्यक्ष लोक बहादुर खड्का विशिष्ट अतिथि रहनुभएको थियो ।
संस्थाको स्थापना भएको १३ वर्ष भएको र संस्थाले हालै मात्र भलो मान्छे नामक एक छोटो चलचित्र बनाएको संस्थाका सचिव कान्तिप्रसाद ज्ञवालीले बताउनुभयो । उहाँले संस्थाको वार्षिक प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्षको प्रतिवेदन तिर्थ बस्नेतले प्रस्तुत गर्दै संस्थालाई आफ्नै खर्चबाट नै चलाईरहेको बताउनुभयो ।
संस्थाका सह-सचिव नारायण तिमिल्सिनाले स्वागत गरेको कार्यक्रमको संचालन सचिव ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्नुहुने अधिकांश अतिथिले संस्था असक्रिय भएको र अब सक्रिय भएर सुदूरपश्चिमकै प्रतिनिधित्व गर्नुपर्ने बताउनुभएको थियो । यो टीकापुरको मात्र संस्था नभई सुदूरपश्चिमकै संस्था भएकाले सक्रिय रुपले संस्थाले कामहरु गर्नुपर्ने धेरैको भनाई रहेको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा