सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २३ । सरकारले देशमा रहेका १८५ वटा नगरपालिकामा एकीकृत सहरी विकास आयोजना सुरु गर्न लागेको छ । सरकारले उक्त प्रक्रिया अघि बढाउन १ वर्ष अघि नै परामर्शदातालाई अध्ययन प्रतिवेदन बुझाउन अनुमति दिएको छ ।
यसैक्रममा, सरकारले सहरी विकासलाई तीव्रता दिनका लागि एकीकृत सहरीकरणको अवधारणा ल्याएको हो । सहरी विकास ताथ भवन निर्माण योजना शाखा प्रमुख मीरा ज्ञवालीले प्रत्येक स्थानीय तहलाई सहरको स्वरुपमालैजान एकीकृत विकासको अवधारणा ल्याइएको जनाइएकी छन् ।
यसैगरी, स्थानीय तहको संख्या बढ्नुले सहरीकरणतर्फ उन्मुख भएको संकेत समेत प्रमुख ज्ञवालीले बताएकी छन् । उनले भौगोलिक विकटताले धेरै स्थानीय तहहरु पछाडि परेको बताएका छन्।
उनले भने, ‘विकास नभएका स्थानीय तहलाई योजना बनाएर सहरीकरणमा लैजान लागिएको हो’। उनको भनाई अनुसार सरकारले कार्यान्वयन पक्षलाई सबल बनाउ एकीकृत सहरी आयोजनाको अवधारणा ल्याएको छ ।
उनले परामर्शदाताहरुले स्थानीय तहको अध्ययन प्रतिवेदन बुझाउन नसक्दा यसमा केही अलमल भएको जनाइन्। उनले
अध्ययनको अन्तिम रुप आइसकेपछि यसलाई ठोस कार्यक्रम अघि बढाइने बताइन्।
‘काम सुरु हुन लाग्छ ५-६ वर्ष लाग्ला’, उनले भनिन, ‘तर प्रतिवेदन अध्ययनपछि यसको योजना निर्माणको थालनी हुन्छ।’ योजना अध्ययन प्रतिवेदन एक वर्षमा बुझाउनु पर्ने थियो। समयमा बुझाउन नसकेकोले पुनः छ महिना थप गरिएको उनले प्रष्ट पारिन्। सरकारको तल्लो तह स्थानीय सरकारलाई पनि सहरी मोडेलमा लैजान एकीकृत विकासको आयोजना ल्याइएको उनले दाबी गरिन ।
‘स्थानीय तहमा बनाउन लागिएको सहरी योजनामा सडक, पुल, विद्युत्, बसपार्कलगायतका अन्य आवश्यक सहरी सुविधासहितको व्यवस्था हुन्छु, उनले भनिन्, ‘ती नगरपालिकामा एकीकृत विकासका कम्तिमा २ वटा योजनाको निर्माण हुनेछ।’
यसैक्रममा उनले गाउँघरको जग्गाको वर्गीकरण गरिने पनि प्रष्ट पारिन्। उनले केन्द्र सरकार र वैदेशिक अनुदानको सहयोगमा एकीकृत सहरी विकासको आयोजनाको निर्माण गरिने जानकारी दिए ।
विश्व बैंक र एशियाली बैंकको सहयोगमा यो परियोजना अघि बढाइने उनको धारणा छ । यसैक्रममा, प्रमुख ज्ञवालीले अहिले सरकारले नगरपालिकाको भौगोलिक अवस्था अध्ययन गरिरहेको बताइन् । ज्ञवालीले १२ वटा परामर्शदाताहरुले नगरपालिकाको भौगोलिक बनोटको अध्ययन गरिरहेको बताइन्। प्रत्येक नगरपालिकाले ४० देखि ५० लाख खर्च गरेर अध्ययन गरिरहेका समेत प्रमुख ज्ञवालीले बताएकी छन्।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा