सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २१ । मंगलबार ह्वासिन सिमेन्टबारे छलफल गर्न बोलाइएको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । उद्योग सचिव यामकुमारी खतिवडा अनुपस्थित भएपछि सो बैठक स्थगित भएको हो ।
सो सिमेन्ट उद्योग चिनियाँ लगानीमा निर्माण भइरहेको छ । निर्माणाधीन यो सिमेन्ट उद्योगबारे विस्तृत छलफल गर्न मंगलबार सिंहदरबारमा बोलाइएको बैठकमा उद्योग सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी अनुपस्थित भएका कारण स्थगित भएको हो ।
उद्योग सचिव खतिवडासँग समितिले जानकारी नदिई बैठकमा अनुपस्थित भएको स्पष्टिकरण लिने भएको छ । समितिका सचिव डा. रोजनाथ पाण्डेले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले तराईमा रहेका कारण आफू बैठकमा आउन नसकेको जानकारी समितिलाई दिए पनि सचिव खतिवडाले नदिएकाले उनीमाथि स्पष्टिकरण सोध्ने निर्णय गरिएको जानकारी दिए ।
मंगलबार बस्ने छलफल बैठकमा चिनियाँ लगानीमा धादिङको रोराङ गाउँपालिकामा निर्माणाधीन यो कम्पनी विवादमा तानिएपछि गठित समिति अन्तरगतको उपसमितिले तयार परेको प्रतिवेदनमा उठाइएका विषयबारे सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकारी अधिकारीसँग विस्तृत छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।
यसक्रममा, सांसद लेखराज भट्ट नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा यो उद्योग स्थापनाका लागि ५० वर्ष जग्गा भाडामा लिने सम्झौता तत्काल रद्द गर्नुपर्ने सिफारिस गरिएको छ ।
समितिले त्यस सम्बन्धमा सरोकारवाला निकायसँग विस्तृत छलफल गरेपछि सरकारलाई आवश्यक निर्देशन दिने तयारी गरेको छ ।
समितिको अर्को बैठकमा उद्योग सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई पुनः बोलाएर यस सम्बन्धमा विस्तृत छलफल गर्ने सचिव पाण्डेले बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा