सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कास्की, साउन २० । भदौ एक गतेबाट पोखरा महानगरपालिकाले पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई-टिकेटिङ’ लागू भएको छ । साथै उक्त सेवालाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने तयारी भएको छ ।
यसैगरी, यहाँका यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको महानगरप्रमुख मानबहादुर जिसीले जानकारी दिए ।
उनले कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोण हस्तान्तरण गर्दै भने, ‘अबको छ महीनामा योजना तयार हुन्छ र योजनाअनुसार नै पोखरामा यातायात व्यवस्थापन गरिनेछ’,। दक्षिण एशियाली खेलकूद (साग) लाई दृष्टिगत गरेर पोखराका चार वटा चोकमा ट्राफिक लाइट जडान गरिने महानगरप्रमुख जिसीले जनाइएका छन् ।
आगामी मङ्सिरभित्र सिर्जनाचोकमा आकाशे पुल बनिसक्ने र सागलाई नै ध्यानमा राखेर शहरका मुख्य ठाउँमा सिसिटिभी जडानको योजनासमेत बनाइएको महानगरप्रमुख जिसीले बताए
यसैक्रममा, महानगरप्रमुख जिसीले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भए पनि सुधार गरेर लैजान महानगर लागिपरेको छ भन्दै यहाँका केही सडकमा एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता भएको समेत जनाइएका छन् ।
गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले महानगरले उपलब्ध गराएको ४९६ थान ‘ट्राफिक कोण’ ले ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन सहयोग पुग्ने बताइएका छन् ।
सोहि सन्र्दभमा उनले जनशक्ति व्यवस्थापनमा ध्यान दिइरहेको जानकारी दिए । यसैगरी, पोखरामा १०० ट्राफिक प्रहरी कार्यरत रहे पनि ट्राफिक व्यवस्थापनलाई सहज बनाउन २५० जनशक्ति आवश्यक भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा