सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन १७ । शुक्रबारबाट बौद्ध धर्मावलम्बीले मनाउने गुँला पर्व सुरु भएको छ । यो पर्व एक महिनासम्म हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रममा, शोभाभगवतीसँगै विजयश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शनपछि उनीहरूले विभिन्न बौद्ध मन्दिर तथा बिहारको परिक्रमा गरेर मनाउने पर्व हो । ।
स्वयम्भू महाचैत्यको विशेषगरी नेवार समुदायमा बौद्ध धर्मावलम्बीले शृङ्गभेरी अर्थात् सिंग बाजा फुकाउन लगाएर पूजा गर्नै प्रचलन रहेको छ ।उपत्यका भित्र बसोबास गर्ने नेवार समुदायका शाक्य, बज्राचार्य, सायमी, उदाय र महर्जनहरू गुँला बाजा समूह, दिनहुँ बाजा गाजासहित स्वयम्भू परिक्रमा गर्ने प्रचलन रहेको छ ।
स्वयम्भूमा गुँला मनाइने महिनामा उपत्यका लगायत उपत्यका बाहिरबाट दिनहुँ २५ हजारभन्दा धेरै भक्तजन हुने गरेको पाइन्छ । पर्वभरी बौद्ध स्तोत्र, धारणी, नामसंगीति तथा सद्धधर्मग्रन्थ पाठ गरिन्छ । यसैक्रममा, नागपञ्चमी, यलपञ्दान, रक्षाबन्धन, जनैपूर्णिमालगायतका मेला पनि लाग्ने गर्दछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा