सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली, साउन १४ । जिल्ला प्रहरी कैलालीको टोलीले चितुवाको दुई थान छालासहित दुई जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा डोटी बड्डी केदार गाउँपालिकाका राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका–१, का रामबहादुर विष्ट रहेका छन् ।
प्रहरीेले पक्राउ परेका उनीहरुबाट चितुवाको दुई थान छाला बरामद गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरेर चितुवाको छालासहित सार्वजनिक गरेको छ ।
प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले उनीहरुमाथि थप अनुसन्धानका लागि वन कार्यालयको जिम्मा लगाउने तयारी रहेको जनाए ।
प्रहरीले प्रहरीको प्रारम्भिक अनुसन्धानमा राजेन्द्र थापाले चितुवाको छाला स्थानीय डोटी बड्डीकेदार गाउँपालिकामा शिकार गरी बिक्री वितरणका लागि राम विष्टसँग सम्पर्कमा रहेको अनुसन्धानमा खुलेको जनाएको छ ।
प्रहरीले डिभिजन वन कार्यालयलाई बरामद भएको चितुवाको छाला थप अनुसन्धानका लागि जिम्मा लगाएको जानकारी दिएका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा