सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिरहा, साउन १० । पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको शुक्रबार बिहान निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उहाँको शुक्रबार बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो ।
विसं १९८९ असोजमा जन्मिनुभएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्भाल्नुभएको उहाँका छोरा सुमनप्रसाद सिंहले जानकारी दिनुभयो ।
देशमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहनुभएको थियो । उहाँका दुई छोरा र छोरी छन् ।
उहाँको जेठो डा। रमणप्रसाद सिंह चिकित्सक र कान्छो छोरा सुमनप्रसाद प्राध्यापक हुनुहुन्छ । स्व। सिंहको शुक्रबार नै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन् । रासस
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा