सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अन्तत विश्वकपले आफनो नयाँ च्याम्पियन पाएको छ । लर्डस्को ऐतिहासिक मैदानमा आइतवार राती भएको सुपरओभरमा १६ रन बचाउदै इङ्गल्याण्ड ले पहिलो पटक विश्वकप जीत्यो । लगातार दोस्रो पटक फाइनलमा पुगेको न्युजिल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्दे इङ्गल्याण्ड लाई २४२ रनको लक्ष्य राखेको थियो ।
जवाफमा इङ्गल्याण्ड ले पनि निर्धारित ५० ओभरमा यती नै रन बनाउन सक्यो । विश्वकपमा पहिलो पटक कुनै उपाधिको प्रतिस्पर्धा सुपर ओभरमा पुग्यो । सुपरओभरमा पुगेको म्याचमा इङ्गल्याण्ड ले न्युजिल्याण्डको अगाडि १६ रनको लक्ष्य राखेको थियो, यहाँ पनि स्कोर टाई नै भयो तर धेरै बाउण्ड्री लगाएकोमा इङ्गल्याण्ड लाई प्रतिस्पर्धाको विजेता घोषित गरीयो । इङ्गल्याण्ड ले पुरै म्याचमा २६ बाउण्ड्री लगायो र न्युजिल्याण्डले १७ बाउण्ड्री ।
यो भन्दा पहिला न्युजिल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्दे ५० ओभरमा ८ विकेटमा २४१ रन बनाएको थियो । इङ्गल्याण्ड को टिमले पनि ५० ओभरमा २४१ रन मात्र बनाउन सक्यो । म्याचको निर्णय सुपर ओभरमा भएको थियो । अभिजित ८४ रन बनाउने बेन स्टोक्स प्लेयर अफ द म्याच चुनिए ।
२७ बर्ष पछि फाइनलमा पुगेको इङ्गल्याण्ड ले १९९२ मा ग्राहम गुचको कप्तानीमा फाइनल खेलेको थियो तर इमरान खानको कप्तानीमा खेलेको पाकिस्तानले उसलाई विजेताको ट्रफी उचाल्न दिएन र पहिलो पटक च्याम्पियन बन्ने गौरब हासिल गरेको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा