सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
क्रिकेटको मक्का मानिने ऐतिहासिक लर्डस् मैदानमा विश्वकप क्रिकेटको एउटा नयाँ च्याम्पियन दिनको लागी तयार छ । यो नयाँ च्याम्पियन आयोजक इङ्गल्याण्ड र न्युजिल्याण्ड मध्येबाट कुनै एउटा हुन सक्छ । आइतबार एक–अर्का विरुद्ध आईसीसी विश्वकपको फाइनल खेल्नुृ पर्ने हुन्छ । इङ्गल्याण्ड को २७ बर्षपछि फाइनलमा पुगेको हो । यो उसको चौथो फाइनल हो । उसले यो भन्दा पहिला ति पटक फाइनल खेलिसकेको छ, तर एक पटक पनि उपाधिमा कब्जा भने गर्न सकेको छैन । न्युजिल्याण्ड दोस्रो पटक फाइनल पुगेको छ ।
इङ्गल्याण्ड लाई यो पटक आयोजक भएको नाताले सबैभन्दा ठुलो दावेदार मानिएको छ । इङ्गल्याण्ड ले हालैको च्याम्पियन अष्ट्रेलियालाई आठ विकेटले दोडदार धक्का दिदै फाइनलमा स्थान पक्का गरेको थियो । यता, न्यूजिल्याण्डको टिमले उपाधिको दावेदार मानिने भारतलाई रोमाञ्चक प्रतिस्पर्धामा १८ रनले हराउदै दोस्रो पटक फाइनलमा आफनो स्थान पक्का गरेको छ । कीवी टिमले २०१५ को फाइनलमा अष्ट्रेलियासँगको हारको सामना गर्नु परेको थियो ।
इयोन मोर्गनले कप्तानी सम्हालेको इङ्गल्याण्ड लीग चरणमा श्रीलंका र अष्ट्रेलियासँग हारे पश्चात पुरै बदलेको छ । इङ्गल्याण्ड का पहिलो तिन ब्याट्सम्यान अहिलेसम्म म्याच बिजेता सावित भईरहेका छन् र यी तिनै जनाले टिमको लागी अहिलेसम्म १,४७१ रन बनाइसकेका छन् । यसको अलावा अनुभवी ब्याट्सम्यान जो रुट ले पनि शानदारा फर्ममा खेलिरहेका छन्, जसमा नाम यो विश्वकपमा अहिलेसम्म ५४९ रन दर्ता गरेका छन् । वनडेमा न्यूजिल्याण्ड विरुद्ध रुटको नाममा ९२५ रनको रेकर्ड कायम छ जो इङ्गल्याण्ड को लागी रेकर्ड हो । बलिङमा तेज बलर क्रिस वोक्स र जोफ्रा आर्चरको अगुवाईमा बलरहरुले विरोधीहरु मथि लगातार दबाव बनाइ राखे ।
आयोजक भएको नाताले इङ्गल्याण्ड लाई उसको घरेलु परिस्थितिहरुबाट फाइदा मिल्न सक्छ, तर कीवी कोचर गैरी स्टीडले पहिला नै भनिसकेका छन कि उनको टिम छुपा रुस्तम सावित हुन सक्छ ।
विलियम्सनले ९ म्याचमा अहिलेसम्म ५४८ रन बनाइसकेका छन् । टेलरको खातामा यती नै म्याचमा ३३५ रन छ । पछिल्लो विश्वकप सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान मार्टिन गप्टिलले यो पटक निरा श पारे । गप्टिल अब आफनो खराब फर्मलाई विर्सेर फाइनलमा यादगार पारी खेल्न चाहनेछन् ताकि उनको टिम पहिलो पटक विश्वकप च्याम्पियन बन्ने सपनालाई पुरा गर्न सकियोस ।
बलिङमा लोकी फग्र्युसन (१८ विकेट) र मैट हेनरी (१३ विकेट) को बलिङको अलावा ट्रेंट बोल्ट (१७ विकेट) को अनुशासनको कारण नै न्यूजिल्याण्डले लगातार विरोधी टिमका ब्याट् ध्वस्त गर्दे म्याच आफनो तर्फ गरे । हालैको टिमको फर्म, लीग चरणको प्रदर्शन र घरेलु मैदानको कारण इङ्गल्याण्ड को स्तर राम्रो देखिन्छ । तर एउटा टिमको आधारमा न्यूजिल्याण्डलाई हल्का रुपमा भने लिन सकिदैन । यही कारण हो कि आयोजक इङ्गल्याण्ड ले फाइनलमा न्युजिल्याण्डसँग कडा टक्कर पाउने आशा गरीएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा