सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप २०१९ को दोस्रो सेमिफाइनल प्रतिस्पर्धामा अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दे इङ्गल्याण्ड २७ बर्षपछि फेरी विश्वकपको फाइनलमा पुगेको छ । यो भन्दा पहिला इङ्गल्याण्ड को टिमले १९७९, १९८७ र १९९२ विश्वकपको फाइनलमा पुगेको थियो तर उपाधि भने जित्न सकेको थिएन । यो जितसँगै इङ्गल्याण्ड ले उपाधि जित्ने सपनालाई जिवित राखेको छ ।
अब फाइनल म्याचमा उसको प्रतिस्पर्धा लर्डसको ऐतिहासिक मैदानमा दोस्रो सेमिफाइनालिस्ट न्युजिल्याण्डसँग हुनेछ । न्युजिल्याण्डले भारतलाई हराउदै फाइनलमा पुगेको थियो । विश्वकप इतिहासमा पहिलो पटक अब पुरै विश्वले नयाँ विश्व विजेता पाउनेछ ।
यो प्रतिस्पर्धामा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । इङ्गल्याण्ड को टिमलाई जितको लागी २२४ रनको सामान्य लक्ष्य मिलेको थियो जसलाई टिमले ३२.१ ऋोभरमा दुई विकेट गुमाउदै हासिल गर्यो । इग्लिश टिमले आठ विकेट शेष रहदै यो टारगेट पुरा गर्यो र ३२.१ ओभरमा २ विकेटमा २२६ रन बनायो । क्रिस वोक्सलाई उत्कृष्ट बलिङको लागी म्यान अफ द म्याच चुनियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा