सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप २०१९ को पहिलो सेमीफाइनलमा न्युजिल्याण्डसँग पराजित हुदै टिम इंडिया बाहिरिएको छ । बर्षा वाधक बनेको यो म्याचमा न्युजिल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्दे भारतसामु २४० रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतीय टिम २२१ रनमा अलआउट हुदै १९ रनले पराजित भयो ।
यो भन्दा पहिला विश्वकप फाइनलमा पुग्नको लागी भारतीय टिमको शुरुवात धेरै नै नराम्रो रह्यो । चार ओभरमा नै टिम इंडियाले आफनो शिर्ष तिन ब्याट्सम्यान गुमाउनु पर्यो । दोस्रो ओभरमा रोहित शर्मा (१) तेस्रो ओभरमा विराट कोहली (१) र चौथो ओभरमा केएल राहुल (१) आउट भए । मैट हेनरी र ट्रेंट बोल्टको जोडीले १० औ ओभरमा दिनेश कार्तिक (६) लाई पेवेलियन फर्काए ।
यो भन्दा अगाडि न्युजिल्याण्डले भारतको अगाडि ८ विकेट गुमाउदै २३९ रन बनाए । बुधबार न्युजिल्याण्डले आफनो हिजोको स्कोर ४६.१ ओभरमा २२१÷५ बाट अगाडि खेल्न शुरु गरेको थियो । यी २३ बलमा भारतीय पेसर्स भुवी र बुमराहले आफनो जबरदस्त खेल दोहराउदै केबल २८ रन खर्च गर्दे ब्याट्सम्यानहरुलाई पेवेलियन फर्काए ।
४७ ओभरको अन्तिम बलमा हिजो अभिजित रहेका खतरनाक कीवी ब्याट्सम्यान रस टेलर ७४ रन बनाउदै रबीद्र जडेजाको खतरनाक थ्रोमा रनआउट भए । ४८ ओभरको पहिलो बलमा एक पटक फेरी जडेजाले भुवीको बलमा टम लाथमलाई फकाए भने अन्तिम बलमा विराटले क्याच गर्दे मैन हेनरी (१) को खेल समाप्त पारे । यसरी भुवीको खातामा ३ विकेट पारे भने बुमराह, हार्दिक पाडय, जडेजा र चहलले १–१ विकेट लिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा