सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार २० । एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत खेलेको खेलमा नेपालले सिंगापुरलाई ३२७ रनको लक्ष्य दिएको छ ।
उक्त खेलमा रित गौतमले शतक र कुशल मल्लले विष्फोटक अर्धशतक दिएका छन् ।
यसैक्रममा, नेपालले मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३२६ रनको लक्ष्य दिएको छ ।
यसैक्रममा, अब सिंगापुरले ब्याटिङ गर्नेछ । नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरी सेमिफाइनलमा स्थान बनाएको थियो भने, यस खेलमा जित हासिल गरे समूह ए को विजेता बन्नेछ ।
नेपालका लागि ओपनर रित गौतमको सानदार शतक र खडग बहादुर बोहोराले ९० रन बनाएर नेपाली टिमलाई अग्रता दिलाएको छ ।
पहिलो विकेटका लागि ओपनर रित र पवन सर्राफले ९२ रनको साझेदारी गरेका थिए । पवन ४५ रनको स्कोरमा आउट भएपछि आएका खडगसँग मिलेर रितले १३१ रनको शतकीय साझेदारी गरी पारीले आफ्नो टिमलाई अग्रता दिलाएको छ ।
खेलको ४०औँ ओभरमा खडग ९० बलमा ९० रन बनाएर आउट भएको छ । उनले शतक बनाउनबाट गर्न चुके पनि १२ चौका प्रहार गरेका थिए । यसैक्रममा, विशाल विक्रम केसी र कप्तान रोहित कुमार पौडेलले क्रमसः १ र ७ रन जोड्न सफल भए।
यसैक्रममा, पाँचौं नम्बरमा आएका कुशल मल्लले विष्फोटक ब्याटिङ गरेपछि नेपालले ३०० रनको योगफल बनाएको हो । ४७.१ ओभरमा रितले १३१ बलमा शतक प्रहार गरेका थिए । डीप स्क्वायर लेगमा चौका प्रहार गरी उनले शतक बनाएको हो। रितले १३७ बलमा ११५ रनको अविजित शतकीय पारी खेलेका छन् ।
यसैक्रममा, कुशलले २३ बलमा ५१ रनको विष्फोटक अर्धशतकीय पारी खेलेका छन्। पारीको अन्तिम ओभरमा सिंगापुरका बलर प्रणव सुदर्शनको बलमा ४ चौका र १ छक्का प्रहार गरी उनले अर्धशतक पूरा गरेको थियो । सिंगापुरका प्रणव र विनित मेहताले बलिङतर्फ २–२ विकेट लिएका थिए।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा