सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अहिलेसम्म विश्वकप २०१९ पाकिस्तानको लागी १९९२ को विश्वकपको तर्फ गईरहेको थियो जसमा पाकिस्तानले उपाधि जितेको थियो । विश्वकप २०१९ मा पाकिस्तानले खेलेको अहिलेसम्मको ८ प्रतिस्पर्धाको नतिजा ठिक त्यस्तै थियो जसलाई इमरान खानको कप्तानीमा पाकिस्तानी टिमको सन १९९२ को विश्वकपमा यस्तै थियो ।
१९९२ को विश्वकपको समिकरण र संयोगलाई लिएर पाकिस्तान निकै खुशी कि उ यसपटक पनि विश्वकप जित्नेछ तर बुधबारको रात पाकिस्तानको लागी निकै दुखद रह्यो किनभने पाकिस्तानको टिम सेमिफाइनलको रेसबाट बाहिरिएको छ । पाकिस्तानसँग सेमिफाइनलमा पुग्ने मौका त छ तर पाकिस्तान मात्र होइन कुनै पनि टिमको लागी त्यस किसिमको क्रिकेट खेल्न सक्नु असम्भव छ ।
१९९२ विश्व कपको संयोग
इमरान खानले कप्तानी सम्हालेको पाकिस्तानले राउण्ड रोबिन फर्मेटमा खेलीएको विश्वकपलाई जितेको थियो । पाकिस्तानले २७ बर्ष पहिला विश्वकप १९९२ को नतिजा जस्तो थियो त्यस्तै नतिजा यो पटक पनि थियो तर सन १९९२ मा अन्तिम पटक सेमिफाइनल खेल्ने इङ्गल्याण्ड को टिमले यसलाई ध्वस्त पार्दे सेमिफाइनलमा पुग्ने पाकिस्तानको आशालाई चकनाचुर गर्यो ।
सन १९९२ को विश्वकपको सेमिफाइनल खेल्ने टिम इङ्गल्याण्ड ले पाकिस्तानको सबै समिकरण विगार्देको छ । यस्तैमा बंग्लादेश विरुद्ध शुक्रवार हुन गईरहेको प्रतिस्पर्धामा लागी अब पाकिस्तानको हातमा केही पनि छैन । अब विश्वकप २०१९ पाकिस्तानको संयोगको हिसावबाट अगाडि जानेपनि छैन ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा