सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १६ । आइसीसी एकदिवशीय विश्वकप २०१९ को ३६ औँ लीग म्याचमा सोमबार वेष्ट इण्डिज र श्रीलंका भिड्दै छन् । यसअघिको विश्वकपमा भने, वेष्ट इण्डिज बाहिरिएको कारण श्रीलंकाको सेमिफाइनल प्रवेश गर्ने आशा रहेको छ ।
नेपाली समय अनुसार सवा ३ बजेदेखि सोमबार चेस्टर ली-स्ट्रिटमा खेल सुरु हुनेछ । श्रीलंकाले इंग्ल्याण्डलाई २० रनले पराजित गरेसँगै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । श्रीलंका पछिल्लो खेलमा दक्षिण अफ्रिकाद्धारा ९ विकेट गुमाएर पराजित भएको थियो ।
श्रीलंकाले ७ खेलबाट ६ अंक जोडेर बाँकी दुवै खेलमा जित हासिल गरेरमात्र हुँदैन अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।
दक्षिण अफ्रिकाविरुद्धको खेलमा श्रीलंकाली ब्याटिङक्रम ध्वस्त भएको थियो । जितका लागि उसले ब्याटिङमा मुख्य सुधार गर्नुपर्ने हुन्छ ।
वेष्ट इण्डिजले पहिलो खेलमा पाकिस्तानलाई हराएर विश्वकपमा सानदार जितको सुरुवात गरेको थियो । त्यसपछिको कुनै खेल जित्न सकेको छैन । खेलाडीहरु उत्कृष्ट भए पनि वेष्ट इण्डिजले राम्रो खेल प्रर्दशन गर्नसकेको छैन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा