सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तान क्रिकेट टिमका कप्तान सरफराज अहमदले प्रशंसकहरुलाई टिमको आलोचना गर्दाको समय अपशब्दको प्रयोग नगर्न आग्रह गरेका छन् । विश्वकपमा भारत विरुद्ध हार पछि पाकिस्तानका प्रशंसकले टिमको कडा आलोचना गरेका थिए । दक्षिण अफ्रिकाको लार्ड्स को ऐतिहासिक मैदानमा पराजित पश्चात सरफराजले यो विषयमा आफनो बिचार दिएका हुन् ।
सरफराजले भने “म यो विषयमा कुनै पनि कुरा भन्न चाहन्न । मानिसहरु जे भन्छन त्यो रोक्न हामी सक्दैनौ । जीत्नु र हार्नु खेलको नियम हो र यस्तो होइन कि हामी पहिलो टिम हो जसले कुनै म्याच हारेको हो ।”
उनले अगाडि भने “यदि पछिल्लो टिमले यस्तै आलोचना झेलेको भए उनीहरुलाई थाहा हुन्थ्यो कि यसबाट कति दुखि भइन्छ । अब सोशल मिडिया पनि छ । मानिसहरु जे मन लाग्यो त्यही लेख्छन, बोल्छन । यस्ता घटनाहरुले खेलाडीहरुको मनलाई प्रभावीत गर्दछ ।”
सरफराजले प्रशंसकहरुसँग बिन्ति गर्दे भने “आलोचना गर्दे अपशब्द भन्न हुदैन । आम्रो आलोचना गर्नुहोस तर अपशब्द प्रयोग नगर्नुहोस ।”
भारतले पाकिस्तानलाई म्याचमा ८९ रनले हराएको थियो । म्याच पछि इन्टरनेटमा एक भिडियो भाइरल भयो जसमा देखाइएको थियो कि लण्डनको एक मलमा सरफराजसँग एक प्रशंसकले भनेका थिए तिमि एकदम मोटायौ, सुँगुर जस्तै, तिमिले कम खानु पर्दछ ।
यद्यपी, प्रशंसकले पछि माफी मागे र भिडियो डिलेट गरे ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा