सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारत र पाकिस्तान विच आइतबार हुन गईरहेको विश्वकपको महाप्रतिस्पर्धामा बर्षाको सम्भावनाको बावजुद रोमाञ्चकता आफनो चरम बिन्दुमा छ । क्रिकेट प्रेमिहरुले यसलाई कुनै साधारण प्रतिस्पर्धा भन्दा विशेष रुपमा हेरिरहेका छन् ।
पाकिस्तानका तेज बलर मोहम्मद आमिर र वहाब रियाजको कौशलको अगाडि लोकेश राहुलको ट्याक्टिसको परिक्षा हुनेछ । यता, तेज बलर जसप्रीत बुमराहको अगुवाइमा भारतीय आक्रमण पनि पाकिस्तानी ब्याट्सम्यानलाई संकटमा पार्नको लागी तयार छ ।
सचिन तेंदुलकरले पनि भारतीय ब्याट्सम्यानलाई आमिर विरुद्ध अधिक आक्रमक हुनको लागी सल्लाह दिएका छन जबकि कप्तान विराट कोहलीले भनेका छन कि उनी आदर्श मानसिकतासँग मैदानमा उत्रीउन, यद्यपी, पहिलो पटक पाकिस्तान विरुद्ध खेलिरहेका खेलाडीहरुको लागी यो अवसर थोरै भएपनि दबाब बढाउने हुनेछ ।
भारत–पाकिस्तान बिच क्रिकेट प्रतिस्पर्धा विश्वकपको होस वा अरु कुनै म्याच, प्रशंसक निकै नै ब्याकुल हुन्छन् ।
तर पनि महंगो मुल्यमा विक्दै टिकट
प्रशंसकहरुले यो म्याचलाई कति महत्वपुर्ण रुपमा हेरेका छन, यसको अंदाज यो कुराले लगाउन सकिन्छ कि प्रशंसकहरु टिकट ब्ल्याकमा पनि खरीद गर्न तयार छन जबकि मौसमले उनीहरुको उत्सुकतालाई विगार्न सक्छ । भारतले अहिलेसम्म विश्वकपमा पाकिस्तान विरुद्ध सबै ६ म्याचमा जित हासिल गरेको छ जुन एक तर्फ रह्यो । पछिल्लो समय दुबै देश बिच बढ्दो सिमा विवादको कारण कैयौ बर्षदेखी कुनै पनि द्धिपक्षिय सीरीज खेलीएको छैन ।
पाकिस्तानी बलरमाथि कोहलीको दबाव
अष्ट्रेलिया विरुद्ध शानदार प्रदर्शन पछि आमिरको पहिलो स्पैल निश्चित रुपमा उनको टिमको लागी अहम हुनेछ । राहुल र रोहित शर्माले पारीको शुरुमा धेरै कम फुटवर्क देखाउछन् जसबाट उनीहरु केही शतर्क रहनु पर्नेहुन्छ ।
कोहलीको पाकिस्तान विरुद्ध शानदार रेकर्ड रहेको छ, उनले २०१५ को एडिलेडमा शतक जोडेका थिए । अहिलेसम्म हालको विश्वकपमा उनले शतक बनाएका छैनन र म्याचको महत्वलाई बुझ्दै उनले शतक जोड्ने प्रवल सम्भावनाका दावेदार हुन् । युवा खेलाडी जस्तै हसन अली शाहीन शाह आफरीदी को लागी यो परिक्षा जस्तै हुनेछ किनभने विश्वको सर्वश्रेष्ठ ब्याट्सम्यान विरुद्ध उनले अहिलेसम्म बलिङ गर्न पाएका थिएनन् ।
रयाङकिङ
भारत– ०२
पाकिस्तान–०६
– विश्वकपको ६ प्रतिस्पर्धामा पाकिस्तानले अहिलेसम्म भारतलाई हराउन सकेको छैन ।
– २०१५ विश्वकप पछि देखी भारतले चार मध्ये तिन पटक पाकिस्तानलाई हराएको छ ।
– पछिल्लो बर्ष एशिया कपमा दुई पटकको चिर–प्रतिद्धन्द्धि टिमलाई हराउनु ।
यस्तो छ भारत–पाकिस्तान खेल रेकर्ड | ||||||
---|---|---|---|---|---|---|
टिम | म्याच | जीत | हार | टाई | ||
वनडे | 131 | 54 | 73 | 04 | ||
विश्व कप | 06 | 06 | 00 | 00 |
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा