सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली, जेठ २६ । बिहिबार साँझदेखि रातिसम्म कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीका कारण कैलालीमा १ हजारभन्दा बढी घरपरिवार पीडित भएको पुष्टि भएको छ भने करोडौंको क्षति समेत भएको अनुमान लगाईएको छ ।
जिल्ला प्रहरी कार्यालयमा आएका १ हजार ९ सय ३४ निवेदन मध्ये स्थलगत निरीक्षण गरी १ हजार १ सय ७४ परिवार पीडित भएको आधिकारिक पुष्टि गरिएको हो । बाँकी निवेदन अनुसारस्थलगत अध्ययन भइरहेकोले पिडितहरुको वास्तविक तथ्याङ्क आउन अझै समय लाग्ने बताइएको छ । व्यक्तिगत रुपमा आएका निवेदनका आधारमा गरिएको अनुगमनबाट एक हजार १ सय ७४ परिवार पीडित भएको पाइएको छ ।
प्रारम्भिक चरणमा निजी घर र सम्पत्तिमा पुगेको क्षतिको मात्रै विवरण आएको र व्यवसायिक प्रतिष्ठानमा पुगेको क्षतिको समेत विवरण संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा