सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ २४ । भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अब घर-घरमा गएर रोजगारी दिने आश्वासन दिएका छन्।
उनले आफ्नो नेतृत्वको सरकारले ४० लाख नेपाली युवालाई विदेश नपठाएको भन्दै उनीहरुलाई स्वदेशमै रोजगारी दिने वातावरण मिलाइरहेको जनाए । भ्रष्टाचार नगरिकन सरकारले काम गरेको दाबी गर्दै काममा मात्र विश्वास गर्ने प्रधानमन्त्री ओलीले जानकारी दिए।
उनले भने, ‘यस अघि सरकारले राम्रो काम नगर्दा विपक्षीले विरोध गर्ने परिपाटी भए पनि अहिले राम्रो काम गरेको देखेर विपक्षीहरु डाहाले विरोध गरिरहेका छन्’,।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले भने अनुसार, पाँच लाख जना युवालाई जसरी पनि रोजगारी दिने जनाए । उनले अहिले भक्तपुरमा ७ सय जनालाई आंशिक रुपमा रोजगारी दिएको जानकारी दिए ।
भक्तपुरका चारवटै नगरपालिकाको संयुक्त आयोजनामा ‘कामका लागि पारिश्रमिक’ मा आधारित सामुदायिक आयोजना कार्यान्वयनको बिहीबार शुभारम्भ भएको थियो। सूर्यविनायकबाट कटुञ्जे-तीनधारा सडक निर्माण सुरु गरेर प्रधानमन्त्री ओलीले रोजगार कार्यक्रम सुरु गरेको हो ।
उक्त कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा दुई करोड ४६ लाख रुपैयाँ छुट्याएको छ । सूर्यविनायक नगरपालिकाबाट ४ सय, चाँगुनारायण नगरपालिकाबाट ९ सय १० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जनाले रोजगारीका लागि आवेदन दिएको जानकारी दिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा