सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप २०१९ को १० औँ म्याच अष्ट्रेलिया र वेस्टइंडीज बिच नाटिघंममा खेलीयो । यो म्याचमा अष्ट्रेलियाली टिमले बाजी मारेको छ । अष्ट्रेलियाले वेस्टइंडिजलाई १५ रनले हराउदै विश्वकप २०१९ को दोस्रो जित दर्ता गरेको छ । यो प्रतिस्पर्धामा कंगारु टिमको तेज ब्याट्सम्यान मिचेल स्टार्कको उत्कृष्टता देख्न पाइयो जसले ५ विकेट लिए ।
यो म्याचमा क्यारेबियाली कप्तान जेसन होल्डरले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरे । पहिला खेल्दै अष्ट्रेलियाली टिमले ४९ ओभरमा १० विकेट गुुमाउदै २८८ रन बनाए । जवाफमा मैदानमा उत्रेको वेस्टइंडीजको टम ५० ओभर खेल्दै ९ विकेट गुमाउदै केबल २७३ रन मात्र बनाउन सक्यो । यसरी विंडीजको टिमले २ अंकसँगै म्याच पनि गुमायो । एउटा समय यस्तो लागीरहेको थियो कि वेस्टइंडीज यो म्याच जित्नेछ तर अन्तत टिमले १५ रनले पराजित हुनु पर्यो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा