सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाँचथर, जेठ २३ । पाँचथरको सदरमुकाम फिदिम बजारमा भीषण आगलागी भएको छ । आगलागी हुँदा तीनवटा घर र एक होटेल जलेर पूर्णरूपमा नष्ट भएका छन् ।
आगलागीबाट सङ्गीता राना मगरको दुईतले घर र नजिकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयहरुको लामो प्रयासपछि आगो नियन्त्रणमा आइसकेको छ । नजिकै रहेको एक गेस्टहाउसको छतमा पनि आगलागीबाट क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी नरेन्द्र कुँवरका अनुसार कर्णबहादुर थापा मगरको घरमा तारणी साहले सञ्चालन गरेको मिठाइ पसलमा खारिएको तेलबाट आगो फैलिएको थियो । आगलागीबाट सावित्री केरुङ योङ्याको घरमा आंशिक क्षति पुगेको छ । आगो फैलिएपछि फिदिम नगरपालिकाको दमकल प्रयोग गरिएको थियो ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा