सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पीटीआइ । पाकिस्तानमा दैनिक उपभोग्य वस्तुहरुको मुल्य आकासिएको छ । यस्तैमा भारत र पाकिस्तान बिच चलिरहेको तनावको बावजुद भारतीय मुलका ब्यापारी पाकिस्तानका गरीबहरुलाई मद्यत गरीरहेका छन् ।
खबर अनुसार, दुबईमा बस्ने भारतीय मुलका ब्यवसायीले पाकिस्तानका गरीबहरुका लागी ह्याण्ड पम्प बनाइदिइरहेका छन् । पानीको हाहाकारबाट जुझिरहेका सिंध प्रान्तको एउटा गरिवहरुले भरीएको जिल्लामा भारतीय ब्यवसायीले ६० भन्दा बढि ह्याण्ड पंप बनाइदिएका हुन् ।
जोगिंदर सिंह सलारियाले सोशल मिडिया मार्फत पाकिस्तानको यो इलाकाको दुर्दशाको बारेमा थाहा पाएका हुन् । यसपछि जोगिंदर सिंहले त्यहाँको स्थानीय सामाजिक कार्यकर्ताहरुसँग सम्पर्क गरे र उनीहरुको मद्यतबाट थारपारकर जिल्लामा लगभग ६२ पानी पंप लगाइदिए । यति मात्र होइन जोगिंदर सिंह सलारियाले त्यहाँ बस्ने मानिसहरुको लागी अन्नहरु पनि पठाए ।
जोगिंदर सिंह सलारिया १९९३ देखी युएई निवासी हुन र त्यहाँ उनी एउटा ट्रान्सपोर्ट ब्यवसाय चलाउछन् । उनका बताए अनुसार, उनी सोशल नेटवर्किङ साइट्सको माध्यमबाट पाकिस्तानका सामाजिक कार्यकर्ताहरु सम्म पुगे र उनीहरुसँग मिलेर यो कामलाई पुरा गरे ।
काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा भएको सुनुवाइपछि... विस्तृतमा